बोलबम तीर्थालु चढेको जीप दुर्घटना, एकको मृत्यु

बोलबम तीर्थालु चढेको जीप दुर्घटना, एकको मृत्यु

रौतहट : सोमबार बिहान बलेरो  पिकअप गाडी नुनथर नजिकै नहरमा दुर्घटना भएको छ। दुर्घटनामा एक जना तीर्थालुको ज्यान भएको छ। केही घाइते भएका छन्।

बाराको गढीमाई नपाकी ४५ वर्षीया मिनादेवी कोइरीको ज्यान गएको हो।  बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा दुर्घटना भएको हो।
 

बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नं को बलोरो पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित दुर्घटना भएको हो। सो गाडीमा सवार ५ जना घाइते भइ चन्द्रपुरमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.