राजस्व स्टिकरसहित पाँच जना पक्राउ

राजस्व स्टिकरसहित पाँच जना पक्राउ

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित तालबन्द सडकखण्डमा प्रहरीले आन्तरिक राजस्व विभाग लेखिएको २ लाख ८८ हजार ६सय ७४ थान (७७ रोल) स्टिकर बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले मंगलबार बिहान भारतको लखिमपुर जिल्ला, बठौरा ग्राम पञ्चायतका १९ वर्षीय संजित कुमारले चलाएको को ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा उक्त स्टिकर बरामद गरेको हो।

प्रारम्भिक अनुसन्धान गर्दा ७७ रोल स्टिकर मध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर फेला परेको प्रहरीले जनाएको छ। स्टिकरहरू पटक–पटक दोहोरिएको पाइएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले बताए।

उक्त स्टिकर कैलाली गौरीगंगा–७ मसुरियास्थित सौफी नामक मदिरा उत्पादन कम्पनी, वेस्टर्न लिकर्स प्रालिको रहेको प्रहरीले दाबी गरेको छ। दुवै जना भारतीयहरूसँग सोधपुछ गर्दा उनीहरूले स्टिकर वेस्टर्न लिकर्स प्रालिको रहेको र कोठामा छाप लगाउन लगिरहेको बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको कोठाबाट पनि ७० यूपी ३ सय एमएल लेखिएको छाप ३ थान, स्ट्याम्प प्याड ३ थान र मसीसमेत फेला पारेको जनाएको छ। स्टिकरहरू सौफी मदिरामा लगाउनका लागि प्रयोग हुने खुलेको डीएसपी विष्टले बताए।

कोठामै रहेका रौतहटको गरुडा नगरपालिका–१ जयनगरका ४० वर्षीय राजकुमार शाह, पर्साको वीरगञ्ज नगरपालिका–१३ घण्टाघरका ५५ वर्षीय विजय गुप्ता र भारतको लखिमपुर बरौठका २२ वर्षका सुरेश कुमारलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।

स्टिकर सक्कली हुन् वा नक्कली भनेर आन्तरिक राजस्व कार्यालय धनगढीसँग बुझ्ने कार्य भइरहेको विष्टले बताए। घटनापछि आन्तरिक राजस्व कार्यालयले वेस्टर्न लिकर्स प्रालि सिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.