भारतबाट सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउँदै गर्दा पक्राउ

भारतबाट सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउँदै गर्दा पक्राउ

मलंगवा: सर्लाहीमा सशस्त्र प्रहरीले सोमवार साँझ सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध लिएर भारत तर्फबाट नेपाल आउँदै गर्दा एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनकौल गाउँपालिका वडा नं. ३ का २६ वर्षीय जयकिशोर सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिएका छन् । ना.१ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागू औषध कोडिवेल कफ सिरफ सहित सिंहलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुस्माराले सिंहलाई ३ सय ७१ बोतल कोडिवेल सहित पक्राउ गरेको श्रेष्ठले बताएका छन् ।

सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् । मनुस्मारास्थित चेक प्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिंहलाई शसस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले बरहथवा नगरपालिका–८, टाँडीबाट पक्राउ गर्न सफल भएको हो ।

भारतबाट तस्करले प्रहरीलाई छलेर लागूऔषध सिंहलाई दिएको थियो । सीमाबाट प्रहरीलाई छल्दै बरहथवा तर्फ आउँदै गर्दा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् । थप अनुसन्धानका लागि सिंहलाई नेपाल प्रहरीको जिम्मा लगाइएको श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.