तीन दिनदेखि बेपता किशोरी मृत भेटिइन्

तीन दिनदेखि बेपता किशोरी मृत भेटिइन्

मलंगवा : लालबन्दी नगरपालिका १७, रानिगन्जमा तीन दिनदेखि बेपत्ता किशोरी मृत अवस्थामा फेला परेकी छिन् । साउन ३१ गते रातिदेखि बेपत्ता रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मृत अवस्थामा फेला परेकी छिन् । 

घरभन्दा करिब ३ किलोमिटरको दूरीमा रहेको लालबन्दी ६ स्थित कालिन्जोर खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो। प्रहरीले घटना संलग्न आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरुबाट सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको छ । 

 । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.