हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका- १७ रानीगंजकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको हत्यारालाई कारबाहीको माग गर्दै स्थानियबासीले विरोध प्रदर्शन गरेका छन् । स्थानीयबासीले प्रहरी प्रशासन र जनप्रतिनिधिले घटनामा चासो नलिएको भन्दै मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आएर नाराबाजी गरेका हुन् । 

पीडितलाई अबिलम्ब न्याय दिनुपर्छ भन्दै आफूहरु विरोध प्रदर्शनमा उत्रेको स्थानीय युवा नेता शिवहरी गौतमले जानकारी दिए।  १४ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गरिएको भन्दै पक्राउ परेकालाई हदैसम्मको कारबाही गरिनुपर्ने, अपराधिलाई सार्वजनिक गर्नुपर्ने, कल डिटेलको अधारमा अनुसन्धानलाई अगाडि बढाउनु पर्ने, भिसियार र पोष्टमार्टमा रिपार्ट कुनै किसिमको गडबडी नहोस् भन्दै चार सुत्रिय माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका गौतमले बताए । 

आफूहरुको मागलाई सुनवाई गरिएन, हत्यारालाइ सार्वजनिक गरि कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी स्थानियबासीले दिएका छन् । पीडित परिवारले अहिलेसम्म प्रियंकाको शव बुझ्न मानेको छैन् । बुधबार पोष्टमार्टम गरिएको शव अहिले पनि जिल्ला अस्पताल मलंगवामामै राखिएको छ । दोषीलाई कारबाही नगरिएसम्म शव नबुझ्ने परिवारजनले बताएका छन् । 

साउन ३१ गतेदेखि बेपता भएकी भुजेलको शव भदौ १ गते लालबन्दी ६ स्थित कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका १७ रानीगंजकै १८ वर्षीय किशन साह र १९ वर्षीय अनिष दहाल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए। जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको उनले बताए। राठौरले भने, 'कुनै पनि हालतमा दोषीलाई उम्किन पाउँदैन् । अनुसन्धान भइरहेको छ । घटनामा जो जो दोषी छन् सबैलाई पक्राउ गरि कारबाही गर्छौं ।' 
भुजेलका बुवाले बलात्कार र हत्याको अभियोगमा किटानी जाहेरीसमेत दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.