भरतपुरमा अब डिजिटल प्रणालीबाट नक्सा पास

भरतपुरमा अब डिजिटल प्रणालीबाट नक्सा पास

चितवन : अब भरतपुर महानगरमा घरको नक्सा पास गर्दा कागजी झन्झट व्यहोर्नु नपर्ने भएको छ । महानगरमा निमार्ण हुने घरको नक्सा पास अब सफ्टवेयरबाट हुने भएको छ । नक्सा पासका लागि लाइन बस्ने झन्झट भएको गुनासो आएपछि महानगरले यो सेवा सुरुवात गरेको हो । नागरिकले घरैमा बसेर नक्सा पास गर्न सक्ने भएका छन् । शुक्रबारबाट भरतपुरमा डिजिटल घर नक्सापास प्रणालीको सुरुवात भएको छ । 

महानगर प्रमुख रेनु दाहालले उक्त सेवाको सुरुवात गरेकी हुन् । भरतपुर महानगरपालिका  ९ की केसीको घर डिजिटल प्रणालीबाट नक्सा पास भएको छ । सुष्मा केसीलाई मेयर दाहालले नक्सा पासको अनुमतिपत्र दिएकी हुन्। 

दाहालले महानगरलाई कागजविहीन बनाउने नीतिअनुसार काम गरिएको बताइन् । 'हामीले महानगरलाई स्मार्ट सिटीको अवधारणा अघि बढाएपछि त्यसैअनुसार यो सेवा संचालन गरिएको हो,' उनले भनिन्, 'सेवाग्राहीले झन्झट र दु:ख पाएको गुनासो आइरहन्थ्यो । अब त्यस्ता झन्झट व्यहोर्न नपर्ने भएको छ ।'

 
कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि घरको नक्सा अनलाइनबाट पास हुनेछ । नक्सा पासका लागि भूकम्प प्रतिरोधी प्रविधि समाज (एनसेट) ले प्राविधिक सहयोग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.