अफलाइन एपको डेमो परीक्षण

अफलाइन एपको डेमो परीक्षण

स्याङ्जा  : स्याङजामा शनिबार अफलाइन एपको डेमो परीक्षण गरिएको छ। गण्डकी प्रदेशमै यो पहिलो र नौलो प्रविधिको सुरुवात जिल्लाबाट भएको हो। गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले परीक्षणको उदघाटन गर्दै सबैका लागि शिक्षा र शिक्षाबिना समृद्धि असम्भव रहेको बताए।  

भीरकोट नगरपालिका २ स्थित दहथुम माध्यमिक विद्यालयमा अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामग्री परीक्षण सुरु गर्दै मन्त्री श्रेष्ठले व्यवहारिक शिक्षा अहिलेको पहिलो आवश्यकता रहेकोमा जोड दिए।  

'कोभिडका कारण धेरै बालबालिकाको पढाइलाई निरन्तरता दिन सकेको छैनन, 'उनले भने, ‘सबै ठाउँमा इन्टरनेटको पहुच पुग्दैन। यस्तो अवस्थामा अफलाइन कक्षाले बालबालिकाको पढाइमा सहज बन्छ।'

 
मन्त्री श्रेष्ठका अनुसार अफलाइनको प्रभावकारिता देखिएमा गण्डकी प्रदेशमा सबै विद्यालयमा यही प्रविधि अपनाइने छ। केही नमूना परीक्षणले सफलता देखाएपछि आफूले अध्ययन गरेको विद्यालयबाटै मन्त्री श्रेष्ठले अफलाइन कक्षाको परीक्षण शुभारम्भ गरेका हुन्। 

अफलाइन एप डाउनलोड गरेपछि विद्यार्थीले आफूले चाहेको विषयमा अध्ययन गर्न पाउँछन् भने यसका लागि इन्टरनेटको आवश्यकता पर्दैन। यसअघि कक्षा ६ देखि १० कक्षासम्मका लागि परीक्षण गरिएको थियो।

बजार केन्द्रित शिक्षालाई गाउँगाउँसम्म पुर्‍याउन यो प्रविधि उपयोगी हुने मन्त्रीको भनाइ छ। दहथुमबाट सुरुवात गरेको वैकल्पिक शिक्षा गाउँ केन्द्रित शिक्षाको टेलर मात्र गरेको बताउँदै श्रेष्ठले कोरोनाको कहरमा शिक्षाबाट बालबालिका बंचित नहुन अनलाइन / अफलाइन शिक्षा प्रभावकारी हुने बताए। 

बालबालिकाका लागि अफलाइनमा आधारित बैकल्पिक सिकाइ सामग्री परीक्षण कार्यक्रमका साथै अफलाइन मोबाइल एपको डेमो परीक्षण पनि गरिएको थियो। कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनालले यो प्रविधिले सफलता पाएमा भीरकोटका सबै विद्यालयलाई सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाए। 

कार्यक्रममा शिक्षा निर्देशक अम्बिका आचार्य, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीरकोट नगरउपप्रमुख सीमा केसी कर्माचार्य, सूचना प्रविधि प्राविधिक देवेन्द्र पौडेल, दहथुम माविका प्रधानाध्यापक वेदप्रसाद अर्याल, दहथुम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कर्माचार्य, शिक्षिका इन्दिरा केसी, शिक्षक उमाकान्त पौडेल, छात्रा प्रतिक्षा थापालगायतले विद्यार्थीले मोबाइल एप्स खोलेपछि विद्यार्थीले पढ्न चाहेको कक्षा आउने, विषय आउने र आफूले चाहेको बेलामा पढ्न पाइने र नबुझेका कुरा शिक्षकलाई सोध्न सकिने हुँदा सबै वर्गका लागि उपयोगी हुनेमा जोड दिए।  

यसअघि पाँचवटा विद्यालयका पाचँ/पाचँजना विद्यार्थी र शिक्षकलाई परीक्षण गर्दा राम्रो देखिएको बताइएको छ। यस विद्यालयमा परीक्षण प्रभाकारी भएमा गण्डकी प्रदेशका एक हजार ४ सय ४८ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका करिब ३ लाख ६५ हजार विद्यार्थी लाभान्वित भएको आंकलन प्रदेश मन्त्रालयको छ। 

इन्टरनेटको प्रभावकारी सुविधा पाउन नसकेका बेला नौलो प्रविधिबाट आफूलगायत साथीहरु पढ्न पाएकोमा खुशी भएको कक्षा ६ मा अध्ययरत यूनिक ढुंगानाले बताए। उनले थपे, ‘आफूले चाहेको बेला पढ्न पाउने सुबिधा झनै राम्रो लाग्यो।’  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.