स्याङ्जामा गाईजात्रा
स्याङ्जा : गाईजात्रा पर्व मनाइएको छ। नेवार समुदायमा वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झना तथा मृतकको आत्मशान्तिको कामना गर्दै पर्व मनाइने गरिन्छ। यसवर्ष सिमित व्यक्तिहरुको उपस्थितिमा पर्व मनाइएको छ।
आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन छ। यसरी परिक्रमा गराइएका गाईलाई नेवार समुदायकले पूजाआजा गर्दछन्। गाईजात्राका अवसरमा राजनीतिक तथा सामाजिक विकृति, विसंगतिप्रति व्यंग्य गरेर विभिन्न हास्यव्यङ्ग्यात्मक प्रस्तूति समेत हुने गरिन्छ।
नेवार समुदायका मानिस मरेपछि सो वर्ष गाई बनाएर, रामायण भक्तिगान गर्दै सहर बजार घुमाउने र खानपान गराउने चलन छ। गाइजात्राको पहिलोदिन मृतक परिवारका सदस्यले गाईको पुच्छर समाउँदै नगरपरिक्रमा गर्ने गर्छन्।
नेवारी समुदायमा यस वर्षमा मृत्यु भएका आफन्तको सम्झनामा गाई वा डोकालाई गाईका प्रतिकात्मक रूपमा सिँगारी आ–आफ्ना गाउँ-ठाउँमा समूहसहित परिक्रमा गराउने प्रचलन छ।
आठ दिनसम्म मनाइने यस पर्वमा व्यंग्यात्मक प्रदर्शन, रोपाईं नाँच, पुतली नाँच, बाघ शिकार, लाखे नाँचलगायत रामायणसारमा गीत तथा नाट्य प्रर्दशन समेत गरिने गाईजात्रा नाच प्रर्दशन गर्ने गरिन्थे। तर, यसवर्ष भने सबै नाच नहुने भएको छ।
प्रतिक्रिया दिनुहोस !