लागुऔषधसहित दुई युवा पक्राउ
स्याङजा : लागुऔषधसहित वालिङमा दुईजना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङजा र तनहुँ जिल्ला घर भएको १९ र २७ वर्षीय युवा रहेको बताइएको छ। वालिङ नगरपालिका ८ का १९ वर्षीय गोले भन्ने नरेन्द्र रनपालको साथबाट डाइजेपाम २१ एम्पुल, नोफिम १९ एम्पुल रफेनारेगन २० एम्पुल र सुकेको गाँजा २५ ग्रामफेला परेको प्रहरीले जनाएको छ।
आरोपित रनपाललाई पक्राउ तथा अवैध लागुऔषध बरामद गरी लागुऔष मुद्धा दर्ता गरी अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
यसैगरी, वालिङ नगरपालिका ६ मिर्दीमा ब्यास नगरपालिका १४ का २७ वर्षीय शिव परीयार शंकास्पद अवस्थामा फेला परेपछि शरीर खानतलासी गर्दा उनको साथबाट डाइजेपाम १६ एम्पुल, नोफिन –१७ एम्पुल र फेनरागन १७ एम्पुल फेला परेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !