सर्लाहीमा प्रियंका भुजेल हत्याका अभियुक्त सार्वजनिक

सर्लाहीमा प्रियंका भुजेल हत्याका अभियुक्त सार्वजनिक

मलंगवा: सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजकी १४ वर्षीया बालिका प्रियंका भुजेलका हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जबर्जस्ती करणी गरी हत्या गर्ने सोही स्थानका १९ वर्षीय कृष्ण साह र अन्दाजी १९ वर्षीय अनिष दाहाललाई प्रहरीले पत्रकार सम्मलेन गरेर सोमवार साँझ सार्वजनिक गरेको छ । दुबैले जबर्जस्ती करणी गरी हत्या गरेको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । भदौ १ गते पक्राउ परेका दुबै अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

साउन ३१ गते राति साढे ११ बजेदेखि प्रियंका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दी छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएको थियो । प्रहरीले गाउँका विभिन्न व्यक्तिसँग सोधपुछ गर्दै गर्दा सोही दिनदेखि गाउँको दुईजना युवा पनि वेपत्ता बनेको बताइएको थियो । त्यसपछि प्रहरीले प्रहरीले साह र दाहाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवासँग सोधपुछ गर्दै जाँदा प्रियंकाको शव लालबन्दी ६ स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए । त्यसपछि प्रहरीले अभियुक्त, प्रियंकाको बुबा, जनप्रतिनिधिलाई लिएर खोज्न जाँदा शव सोही स्थानमा भेटिएको थियो । युवाहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको भन्दै जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर अनुसन्धान गर्न थालेका थिए ।
अनुसन्धानको क्रममा युवाहरुले भुजेलसँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको स्वीकार गरेका छन् । युवाहरु घर पछाडी जादाँ प्रियंका पनि आएकी थिइन् । त्यसपछि घरपरिवारले घर पछाडी अवाज सुनेपछि हो–हल्ला गरेका थिए । त्यसपछि युवाहरु र प्रियंका त्याहाँबाट भागेका थिए । भागेर जंगलमा पुगेका अभियुक्तहरुले प्रियंकालाई घर जान दबाब दिएका थिए ।

प्रहरी अनुसन्धान अनुसार प्रियंकाले घर परिवार र समाजले थाहा पाइसकेकाले घर जान मानेकी थिइनन् । साथै अनिष दाहालसँगै जाने अडान लिएकी थिइन् । तर अनिषले नलगेपछि आत्म हत्या गर्छु भन्दै खोलामा हाम फालेकी थिइन् । अभियुक्त कृष्ण साहले 'तँ मर्ने हो भने म मारिदिन्छु' भन्दै घाँटी थिची मार्न खोजेका थिए ।

त्यसपछि दुबै अभियुक्तले खोलाको पानीमा डुबाई कर्तव्य गरी शवलाई घटनास्थलबाट २ सय मिटर उत्तरमा शवलाई बगरमा गाडेको प्रहरी उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रहरीको अनुसन्धानमा प्रियंका र अनिषको पहिलेदेखि नै सम्बन्ध रहेको समेत खुलेको छ । दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको सम्बन्ध रहेको भेटिएको छ । प्रियंकाको हत्या भएपछि स्थानियवासी र विद्यार्थी संगठनहरुले जिल्लाको विभिन्न स्थानमा विरोध प्रदर्शन समेत गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.