सवारी दुर्घटना रोक्न 'रिफ्रेस सेन्टर' स्थापना

सवारी दुर्घटना रोक्न 'रिफ्रेस सेन्टर' स्थापना

डोटी : लामो दूरीको यात्रामा चालकहरू थकित हुने र अधिकांश सवारी दुर्घटना हुन थालेपछि अत्तरिया डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गतको डोटीको बुडर बजारमा अस्थायी ट्राफिक प्रहरी पोष्टले रिफ्रेस सेन्टर स्थापना गरेको छ । ट्राफिक प्रहरीले स्थापना गरेको उक्त सेन्टरमा अब चालकले अनिवार्य रुपमा सवारी रोक्नुपर्ने नियम बनाइएको छ । 

उक्त सेन्टरमा कम्तीमा चालक र यात्रुले आधा घण्टासम्म आराम गर्न पर्ने नियम रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख तथा ट्राफिक प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउँदले बताए । उनकाअनुसार ट्राफिक प्रहरीले सुरक्षित सवारी सञ्चालनबारे कक्षा दिएपछि मात्र चालक पुनः गन्तव्यतर्फ जान पाउने भएका हुन् । 

निरन्तरको यात्राबाट थकित चालकले रिफ्रेस सेन्टरमा आराम गर्न पाउने, सवारीले पनि रोकिने र गति पनि नियन्त्रण हुने भएकाले सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरीको दाबी छ । 

पहाडी राजमार्ग भीमदत्तमा बारम्बार सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भउको कारण रिफ्रेस सेन्टर स्थापना गरिएको हो । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाका विभिन्न स्थानमा पनि रिफ्रेस सेन्टरहरु स्थापना गर्ने तयारी भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा ट्राफिक प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए । 

उता जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित पिपल्ला बजारमा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायत कक्ष निर्माण गरेको छ । 

यात्रुलाई परेको समस्या समाधान होस् भन्ने उद्देश्यका साथ दिपायल पिपल्लामा नागरिक सहायत कक्षा स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायब निरीक्षक सोभानसिंह कार्कीले जानकारी दिए । उनकाअनुसार सवारी दुर्घटना रोक्न आवश्यकताअनुसार थप अन्य ठाउँमा पनि रिफ्रेस सेन्टर तथा नागरिक सहायता कक्षसमेत स्थापना गरिने भएको छ । बुडरस्थित भीमदत्त राजमार्गमा रिफ्रेस सेन्टर सञ्चालनमा ल्याएपछि सवारी दुर्घटनामा केही कमी आएको चालकहरु बताँउछन् ।

जिल्लामा हुने अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेका र लामो दूरीको यात्रामा चालकलाई आराम चाहिने भएकाले पनि रिफ्रेस सेन्टर तथा नागरिक सहायता कक्षलाई पहिलो प्राथमिकतामा राखी निर्माण गरिन थालिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

भौतिक पूर्वाधारको अभावमा जिल्लाका विभिन्न स्थानमा खेलिएका रिफ्रेस सेन्टर तथा नागरिक सहायता कक्षहरू आधुनिक बनाउन नसकिएको ट्राफिक प्रहरीको भनाइ छ । शैलेश्वरी यातायात प्रालि दिपायलका प्रमुख प्रेमबहादुर रावलले दुर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेन्टर तथा नागरिक सहायता कक्षहरू प्रभावकारी बनेको बताए।

यसैगरी दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकसहित यात्रुसँग जनचेतनामूलक कार्यक्रम गर्न पनि आवश्यक रहेको बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.