वर्षासँगै ठाउँठाउँमा पहिरो : पाल्पाका ग्रामीण सडक अवरुद्ध

वर्षासँगै ठाउँठाउँमा पहिरो : पाल्पाका ग्रामीण  सडक अवरुद्ध

तानसेन : तीन दिनदेखि परेको अविरल वर्षाका कारण राजमार्ग तथा सहायक राजमार्ग अवरुद्ध भएका छन्।  सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड, तानसेन राम्दी सडक, तानसेन रिडी सडकखण्ड, हार्थाक छहरा तिनगिरे सडकखण्ड, आर्यभञ्ज्याङ्ग रामपुर सडक, कालीगण्डकी करिडोरको राम्दी रामपुर सडकखण्ड, रामपुर पूर्वी नवलपरासी सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् ।

सिदार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड शनिबार रातिदेखि अवरुद्ध छ । तानसेन बुटवल सडकखण्डको वरतुङ्ग चोक तल, गौडेपुल नजिक, कालीमाटी क्षेत्र, चर्चरे, जोरधार क्षेत्र, हिउँदेखोला, केरावारी क्षेत्र, झुम्सा पानीमिल क्षेत्र, झुम्सा सिसुवा, सिद्धबाबा क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको छ । 

यसैगरी तानसेन पोखरा सडकखण्डको बगनासकाली गाउँपालिका ३ धैरेनी, ४ खानीछापको सेरा, रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरो खस्दा शनिबार रातिदेखि सडक अवरुद्ध भएको छ । 

यसैगरी तानसेन रिडी सडकअन्तरगत तानसेन नगरपालिका ११ सम्मोवारी क्षेत्रमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी करिडोर राम्दी रामपुर क्षेत्रमा रम्भा गाउँपालिका १ हुगी, र रामपुर नगरपालिका १० गेझामा पहिरो खसेको छ। 

यस्तै  हार्थाक छहरा तिनगिरे सडकखण्डको बतासे क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सरदमुकाम जोड्ने ग्रामिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।वर्षा रोकिएपछि पहिरो क्षेत्रमा डोजर परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए ।

ग्रामिण क्षेत्रमा सम्बन्धित गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको पाल्पा प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.