अफगानिस्तानमा भारतको ३ बिलियन अमेरिकी डलर खर्च

अफगानिस्तानमा भारतको ३ बिलियन अमेरिकी डलर खर्च

काबुल: अफगानिस्तानको विकास परियोजना, शिक्षा, विभिन्न भवन निर्माणमा सहयोग स्वरुप भारत सरकारले ३ बिलियन अमेरिकी डलर खर्च गरेको तथ्य सार्वजनिक भएको छ ।

अलजजिरामा प्रकाशित समाचार अनुसार सन् २०२० मा आयोजित अफगानिस्तान सम्मेलनको समयमा भारतीय विदेशमन्त्री एस जयशंकरले अफगानिस्तानमा भारतले नछोएको कुनै स्थान नरहेको बताएका थिए ।

जसमा भारत मातहत चल्ने अफगानिस्तानका ३४ वटा प्रान्तमा जारी ‘४०० प्लस प्रोजेक्ट’ र दुईपक्षीय व्यापारमा भारतले सन् २०१९/२०२० सम्ममा १.५ बिलियन खर्च पुगेको बताएका थिए ।

अलजजिरासँग विल्सन सेन्टर एसिया प्रोग्रामका सचिव माइकल कुगेलम्यानले भनेका छन्, ‘अहिले भारत अफगानिस्तानको खेलबाहिर भए पनि भारतले अफगानिस्तानको लागि ठूलो रकम खर्च गरेको छ । पाकिस्तानसँग भारतको प्रोक्सी वार जारी भए पनि अफगानिस्तानसँग भने आफ्नो सम्बन्ध सन्तुलित रुपमा कायम राख्दै आएको छ । अहिलेको अवस्था नाटकीय रुपमा परिवर्तन भए पनि भारतले विगत २० वर्षदेखि अफगानिस्तानको विकासमा सकारात्मक भूमिका खेलेको छ ।’

भारतले अफगान विद्यार्थी पढाउन र अफगानिस्तानको संसद भवन निर्माणमा ९० मिलियन डलर खर्च गरेको थियो भने अन्य कार्यमा ३० मिलियन डलर खर्च गरेको थियो । अफगानिस्तानमा जारी विभिन्न विकास परियोजना गरी हालसम्म जम्मा ३ बिलियन अमेरिकी डलर खर्च गरेको बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.