यमन: हुथी हमलाबाट ३० सैनिक मारिए

यमन: हुथी हमलाबाट ३० सैनिक मारिए

साना: यमनको दक्षिणी प्रान्तमा हुथी आक्रमणमा परी ३० सैनिक मारिएका छन् भने ६० जना गम्भीर घाइते भएका छन् । अल अनाद मिलिट्री बेसमा आइतबार हुथी विद्रोहीले आक्रमण गरेका थिए ।

दक्षिण प्रान्तका प्रवक्ता मोहम्मद अल नकिबका अनुसार दक्षिण यमनको लाहिज प्रान्तमा हुथी विद्रोहीहरुले सैन्य ड्रोनमार्फत मिसाइल आक्रमण गरेका थिए । विष्फोटक मिसाइल आइतबार बिहान आर्मीको तालिम क्षेत्रमा खसेको थियो ।

बिहानी अभ्यास गरिरहेको समयमा सेनामाथि हमला भएको स्थानीय मिडियाले जनाएका छन् । घटनापछि उद्धारकर्मीहरु घटनास्थलमा पुगेका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताइएको छ।

हुथी विद्रोहीले यमनको राजधानी एवं यमनको सबैभन्दा ठूलो शहर साना कब्जा गरेसँगै सन् २०१४ मा युद्ध समाप्तीको घोषणा गरिएको थियो । सन २०१४ सम्ममा यमनको दोस्रो ठूलो शहर आदेनमा अमेरिकाले अल कायदाविरुद्ध ड्रोन आक्रमण गरेको थियो । सन् १९९० मा दक्षिण यमनबाट हुथी विद्रोहीको उदय भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.