भारतमा एकैदिन ४० हजारभन्दा बढी संक्रमित
भारतमा कोरोना भाइरसबाट एकैदिन ४० हजार भन्दा बढी संक्रमित भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम 'टाइम्स अफ इन्डिया'का अनुसार भारतमा २४ घन्टामा ४२ हजार ९०९ जना संक्रमित भएका छन् । ३८० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरि संक्रमितमध्ये केरालामा मात्रै २८ हजार ८३६ जना संक्रमित भएको जनाइएको छ । केरलामा पनि एकैदिन ७५ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाबाट संक्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख २१० जनाको मृत्यु भएको छ । तीमध्ये ३८० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
भारतमा कूल संक्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । यो संख्या कूल संक्रमितमध्येको १.१५ प्रतिशत हो ।