बार्सिलोना अपराजित

बार्सिलोना अपराजित

बार्सिलोना : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा गेटाफेलाई २–१ गोलले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो। बार्सिलोनाको जितमा सर्जी रोबर्टो र मेम्फिस डिपाएले एक/एक गोल गरे । गेटाफेका सान्ड्रो रोमिरेजले  सान्त्वना गोल फर्काए। 

खेलको दोस्रो मिनेटमै सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। १८औं मिनेटमा सान्ड्रो रोमिरेजले गोल गर्दै गेटाफेलाई १–१ गोलको बराबरीमा फर्काएका थिए। त्यसपछि ३०औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट गोल नभएपछि बार्सिलोनाले दोस्रो जित निकाल्न सफल भयो।

जितसँगै बार्सिलोनाले तीन खेलबाट सात अंक जोडेको छ। बार्सिलोना तालिकाको चौथो स्थानमा छ। सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिएडाडलाई ४–२ गोलले हराएको थियो। दोस्रो खेलमा बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। गेटाफेले भने लगातार तेस्रो हार बेहोरेको छ। गेटाफेले अहिलेसम्म अंक जोड्न सकेको छैन। आइतबार राति भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भने 

रोकिएको छ। साविक विजेता एट्लेटिको म्याड्रिड भिल्ला रियलसँग २–२ गोलको बराबरीमा रोकिएको हो। 

घरेलु मैदानमा एट्लेटिकोका लागि लुइस स्वारेज एक गोल गरे। अर्को एक गोल एट्लेटिकोले भिल्ला रियलबाट आत्मघाती रुपमा उपहार पाएको थियो। एट्लेटिकोका  एैसा मेन्डीले आफ्नै पोस्ट्मा गोल गरेका थिए। भिल्ला रियलका म्यानुयल ट्रिगुएरोस र अर्नौट दान्जुमाले एक/एक गोल गरे।

भिल्ला रियलसँग बराबरीमा रोकिएको एट्लेटिको म्याड्रिडले तीन खेलमा सात अंक जोडेको छ। एट्लेटिको म्याड्रिड तालिकाको पाचौं स्थानमा छ। भिल्ला रियल भने तीन खेलमा तीन अंक जोड्दै ११औं स्थानमा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.