३० लाख चिनियाँ कोरोना खोप उत्तर कोरियाद्वारा अस्वीकार

३० लाख चिनियाँ कोरोना खोप उत्तर कोरियाद्वारा अस्वीकार

प्योङयाङ: उत्तर कोरियाले ३० लाखभन्दा बढी चिनियाँ खोप लिन अस्वीकार गरेको छ । युनिसेफकाअनुसार उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको हो ।

‘कोभिड १९ अन्तर्राष्ट्रिय खोप वितरण कार्यक्रम कोभ्याक्समार्फत चीनमा बनेको करिब ३० लाख डोज सिनोभ्याक उत्तर कोरियालाई उपलब्ध गराउन खोजिएको थियो । तर उत्तर कोरियाले आफूलाई नभई गरिब मुलुक र अति प्रभावित क्षेत्रमा वितरण गर्न भन्दै सो खोप अस्वीकार गरेको छ’ युनिसेफका एक प्रवक्ताले इमेलमार्फत भनेका छन् ।

यसअघि कोभ्यास कार्यक्रमअन्तर्गत उत्तर कोरियामा चिनियाँ खोप पठाउन सकिने बताइएको थियो । करिब १ महिनापछि जवाफ फर्काउँदै उत्तर कोरियाले आफूले कोभिड खोप नलिने बताएको छ ।

यसअघि जुलाईमा रुसले उपलब्ध गराउने भनेको कोभिड १९ विरुद्धको एस्ट्राजेनेका खोप पनि उत्तर कोरियाले अस्वीकार गरेको थियो । त्यसबेला रुसले वितरण गरेको खोपमा असर देखिएको भन्दै उत्तर कोरियाले उक्त खोप अस्वीकार गरेको थियो ।

दक्षिण अफ्रिकी थिंक ट्यांक इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजी–आइएनएसएस)को एक रिपोर्टअनुसार चिनियाँ खोपको प्रभावकारीतामाथि उत्तर कोरियाले शंका गरे पनि रुसले बनाएको खोप प्रयोग गर्न भने इच्छुक थियो । अगष्ट १९ सम्ममा उत्तर कोरियामा कोभिड संक्रमण नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उत्तर कोरियाले कोभिड नियन्त्रणलाई ध्यानमा राख्दै गत जनवरीदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.