पशुपतिनाथ मन्दिरमा तीजको रमझम (फोटो फिचर)
काठमाडौँ: आज बिहीबार नेपाली हिन्दू महिलाहरुको महान चाड तीज । कोभिड महामारीका बावजुद विभिन्न मन्दिरमा शिव-पार्वतीको पूजा गर्न महिलाहरुको भीड लागेको छ ।
हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र मानिने पशुपतिनाथ मन्दिरमा तीजको अवसरमा महिलाहरुको भीड लागेको छ । पूजा आराधना गरी तिर्थालुहरुले नाचगान समेत गरेका छन् ।
यद्यपि महामारीअघिका वर्षहरुमा मनाइने तीजको तुलनामा यस वर्षको तीजमा व्रतालुहरु न्युन छन् । प्रहरीले भने भीडभाड नगर्न माइकिङ गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न व्रतालुहरुलाई आग्रह गरेको छ ।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ गतेदेखि पशुपतिनाथ मन्दिर बन्द गरेको छ। तीज मनाउन भेला भएका व्रतालुहरुले भने मन्दिरका बाहिरी ढोकाबाटै पूजा आराधना गरिरहेका छन् ।