निर्दयी बावुआमा : छोराको हत्यापछि आफै होहल्ला गर्दै हिँडेका थिए

निर्दयी बावुआमा : छोराको हत्यापछि आफै होहल्ला गर्दै हिँडेका थिए

भैरहवा: रुपन्देहीको गैडहवा गाउँपालिका- ६ मा आफ्नै ८ महिने शिशुको हत्याको आरोपमा बुवा र आमा पक्राउ परेका छन् । हत्याको आरोपमा बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका श्रीरामको बुवा चौथी मल्लाह वर्षौदेखि परिवारको सम्पर्कमा छैनन् । आमा भानुमती मल्लाह परिवारसँग बस्दै आएकी छिन् । भानुमतीको तीन छोरी जेठी अकालमती, माइली लिली र कान्छी लक्ष्मी र एक छोरा श्रीराम हुन् ।

भानुमतीको नागरिकता थिएन । जसअनुसार उनको छोरा-छोरीको पनि नागरिकता बनेन् । भानुमतिको सन्तान भएता पनि ०६३ सालमा अविवाहितको रुपमा उनले नागरिकता बनाइन् । जेठी छोरी अकालमतीको लुम्बिनी सांस्कृतिक नगरपालिका २ मा विवाह भयो ।

श्रीमानको तर्फबाट उनको नागरिकता बन्यो । माइली छोरी लिलीको भारतमा विवाह भयो र उनी उतै गइन् । घरमा कान्छी छोरी लक्ष्मी र छोरा श्रीराम थिए । श्रीरामको रेनुसँग विवाह भयो । परिवारको सम्पत्ती त्यही बसोबास गरिरहेको एक तले घरसहित ११ धुर जग्गा थियो । र, यही जग्गाका कारण परिवारमा दैनिक झैझगडा हुने गरेको थियो ।

‘त्यही जग्गाको विवादका कारण शिशुको हत्या हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’ रुपन्देहीका डिएसपी सत्य नारायण थापाले भने, ‘विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ र विस्तृत अनुसन्धानपछि सबै विषय स्पष्ट हुन्छ ।’

प्रहरीका अनुसार दुई छोरीको विवाह भइसकेको र घरमा रहेको कान्छी छोरीको पनि विवाह भएर गएपछि आमा भनुमतीको नाममा रहेको उक्त जग्गा आफ्नो छोरा सुरजको नाममा हुने घटनाका आरोपीहरु विश्वस्त थिए । तर, घटनाको अघिल्लो दिन आमा भानुमतीले उक्त जग्गा जेठी छोरी अकालमतीको नाममा राजीनामा पास गरिदिइन् ।

जग्गा अकालमती नाममा पास भएको जानकारी पाएपछि आरोपीहरुले अब आफूहरुको केही नहुने भन्ने मनसाय बनाएर आफ्नो र शिशुको सामूहिक मृत्युको योजना बनाए । प्रहरीका अनुसार श्रीराम र रेनुले शिशुलाई घरको छतमा लगे ।

रातिको १ बजेको समय थियो । नौ महिना कोखमा राखेर जन्माएकी आमाले नै घाँटी रेटेर आफ्नो हत्या होला भन्ने कुरा ती दूधे बालकले थाहा पाउने कुरै भएन। छतमा पुगेपछि आमाले शिशुलाई काखमा राखेर नछट्पटियोस् भन्दै खुट्टा समातिन् र बुवाले हसियाँ समाएर घाँटी रेट्न सुरु गरे । घाँटी रेट्दा ती दूधे बालक रोए, तड्पिरहे, कराए तर क्रुरताको सीमा नाघेका ती बुवा आमाको मन पग्लिएन । अन्ततः फक्रिन नपाउँदै आफ्नै शिशुलाई उनीहरुले कोपिलामै नै निमोठिदिए । घाँटी रेट्दा दयामायाको सवालमा उनीहरु अहिले नजवाफमा छन् ।

‘विभत्स तरिकाले मार्ने भन्दै योजना बनाएर छतमा गएका उनीहरु शिशुको हत्या गरेपछि आफ्नो मृत्युप्रतिको मनोदशा बदलिएको देखिन्छ,' डीएसपी थापाले भने, ‘त्यसपछि शिशुलाई पोको पारेर कोठामा ल्याएर राखे र आफ्नो छोराको हत्या भएको भन्दै अ गरे ।’

होहल्लापछि प्रहरी घटनास्थलमा पुग्यो । घटनाको अनुसन्धानको प्रहरीले शिशुको बुवा र आमालाई नियन्त्रणमा लियो । अनुसन्धानमा शिशुको बुवा र आमाले हत्या गरेको स्वीकार गरेको डिएसपी थापाले बताए ।

अहिले उनीहरुको इलाका प्रहरी कार्यालय लुम्बिनीको थुनामा छन् । दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.