कियराको जीवनसाथी !

कियराको जीवनसाथी !

मुम्बई : कियारा आडवाणी बलिउडकी स्टाइलिस अभिनेत्रीमा गनिन्छिन्। उनी अहिले चलचित्र ‘शेर शाह’का कारण चर्चामा छिन्। यस चलचित्रमा उनको सुन्दरता र प्रेमी सिद्धार्थ मल्होत्रासँगको अनस्क्रिन केमेस्ट्रीका कारण पनि सबैको ध्यान तान्न सफल भएकी छन्। पछिल्लो समय कियरा चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’मा गेस्ट सेलिब्रिटीका रुपमा पुगेकी थिइन्। ‘शेर शाह’ चलचित्रका अभिनेता सिद्धार्थ मल्होत्रासँगै कार्यक्रममा पुगेकी उनले निकै हँसिमजाक पनि गरेकी थिइन्। उनलाई कार्यक्रम प्रस्तोता कपिल शर्माले ‘कस्तो जीवन साथी मन पर्छ’ भन्ने प्रश्न गरेका थिए। कियराले हाँस्दै जवाफ दिएकी थिइन्, ‘कलाकार भएमा धेरै राम्रो हुन्छ। सबै गुण एउटैमा।’ कियराको जवाफ सुनेर कपिल शर्मा केही नबोली मुस्कुराइ मात्रै रहेका थिए।

विगत लामो समयदेखि कियरा र अभिनेता सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धका बारेमा धेरै पटक भारतीय सञ्चार माध्यम तात्ने गरेको छ। भारतीय मिडियाको क्यामरामा यी दुई धेरै पटक कैद पनि भइसकेका छन्। जहाँ जाँदा पनि यी दुई सँगै हुन्छन्। तर, यी दुईले अहिलेसम्म आफ्नो सम्बन्धका बारेमा भने केही बोलेका छैनन्। दुवैले आफूहरू मिल्ने साथी भएको दाबी गर्दै आइरहेका छन्।

‘शेर शाह’ चलचित्रबाट दुवै कलाकारले निकै राम्रो प्रतिक्रिया पाएका छन्। गत अगष्ट १२ मा रिलिज भएको चलचित्रमा सिद्धार्थले कारगिलका हिरो क्याप्टेन विक्रम बत्राको भूमिका निर्वाह गरेका थिए। कियरा भने सिद्धार्थसँग रोमान्टिक नायिकाको भूमिकामा प्रस्तुत भएकी छन्।

केही समय पहिले कियराले लगाएको दुई लाख १७ हजारको गाउनले पनि छुट्टै चर्चा कमाएको थियो। सेतो रंगको पहिरनमा उनी निकै सुन्दर देखिएकी थिइन्। उनको सुन्दरता सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको थियो।  उनको गाउनको डिजाइन चर्चित डिजाइनर राल्फ लाउरेनले गरेकी हुन्। 

जसको मूल्य दुई लाख १७ भारतीय रुपैयाँ रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। निकै महंगो डिजाइनमा कियरा निकै सुन्दर देखिएकी थिइन्। उनको वेस्टर्नका साथै ट्रेडिसनल पहिरनलाई पनि फ्यानहरूले निकै मन पराउने गरेका छन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्री कियारा समय समयमा विभिन्न पहिरनमा खिचेका तस्बिरलाई सामाजिक सञ्जाल स्टाग्राममा सेयर पनि गर्दै आइरहेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.