मन्दिरका घण्टीसहित दुई जना पक्राउ

मन्दिरका घण्टीसहित दुई जना पक्राउ

महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साढे ६ क्वीन्टल ६१ किलो मन्दिरका घण्टीसहित दुई जनालाई पक्राउ गरेको छ। महेन्द्रनगर बजारस्थित गल्ली नं. १ मा रहेको ठकुराठी ब्रर्दशको गोदाममा छापा मारेर नाम लेखेर मन्दिरमा चढाएका घण्टी बिक्रीका लागि ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको हो।

प्रहरीले छापा मार्ने क्रममा पसल सञ्चालकले गोदाम घर बैंकले भाडामा लिएको भन्दै खोल्न मानेका थिएनन्। प्रहरीले सोही पसलमा पुराना घण्टी टल्काउने काम गर्ने दुई मजदुरलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ बर्षीय धनिराम टमटा रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको बताउँदै गोदाम साहु र यहाँको सिद्धबैजनाथ मन्दिर कार्यसमितिलाई पनि अनुसन्धानका लागि बोलाइने जनाएको छ। उता ठकुराठी ब्रर्दशका सञ्चालक पदम ठकुराठीले भने महेन्द्रनगर स्थीत सिद्धनाथ मन्दिरबाट मन्दीर समितिले लिलाम गरेका पुराना घण्टी लिएको दाबी गरेका छन्। उनले विगतका वर्षहरुमा समेत मन्दिरबाट घण्टी आउने गरेको बताए। 'हरेक वर्ष मन्दिरबाट घण्टी आउँथे।' ठकुराठी ब्रदर्शका सञ्चालक पदम ठकुराठीले भने,'हामीले मन्दिरबाट रु ७ सय किलोका दरले किनेका हौं।' 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.