भाइरल सारी !

भाइरल सारी !

काठमाडौं

‘बाहिरको काम सबै मेरो घरको तिमीलाई 
घरको काममा हुन दिन्न झर्को तिमीलाई

उडाउँला जिन्दगीको रथै गुटुटुटु 
एउटा पांग्रा मेरो भयो अर्को तिमीलाई’ ...

सुन्दर युवतीले यो गीतमा टिकटक बनाएकी छिन्। हरियो सादा ब्लाउज र सामान्य रातो सारीमा सजिएकी उनी। कुचो लगाउनेदेखि लचक्क कम्मर मर्काएर नाच्नेसम्म गरेकी छन्। उनले टिकटक भिडियोमा भाइरल सारी भनेर ह्यासट्याक प्रयोग गरेकी छन्। 

भाइरल सारी, टिकटक कुर्ता लगाएर गरगहनाले चिटिक्क परी भिडियो पोस्ट गर्ने ट्रेन्ड ह्वात्तै बढेको छ। भाइरल सारीमा अभिनय गर्ने, स्टन्ट देखाउनेदेखि छमछम नाच्नेहरूको जमात ठूलो छ। 

टिकटकमा भेटिएको अर्को भिडियोले पनि त्यस्तै सन्देश दिन्छ। उक्त भिडियोमा एक महिला भाइरल सारी किनेर ल्याएको जानकारी गराउँछिन्। भन्छिन् ‘हेल्लो साथीहरू नमस्कार। आजभोलि अनलाइनदेखि बजारमा भाइरल सारी चलेको रहेछ। मैले पनि किनेर ल्याएँ है। अब अर्को भिडियोमा लगाएर देखाउँछु।’ टेलिभिजनको पर्दामा जुन सारी लगाएर नायिकाहरू नाचेका छन्। त्यस्तै लगाएर नक्कल गर्ने र त्यसलाई भाइरल बनाउनेहरू प्रशस्तै भेटिन्छन्। कसैकसैले भाइरल पहिरन सिलाउने विधिहरू पनि सिकाएका छन्। 

‘सबैको बुटिक’ नाम गरेको टिकटक अकाउन्टले आफ्ना ग्राहकहरूको मागअनुसार भाइरल बनेका कपडा सिलाउने तरिका सिकाएकी छन्। उनी भन्छिन् ‘भाइरल कुर्ता, सारी, ब्लाउज कसरी बनाउने, डिजाइन तयार गर्ने म तरिका सिकाउँछु। दिनहुँ भिडियो हाल्छु। सेयर गर्नुहोला। सबैले सिक्ने मौला पाउँछन्।’ उनले उतm भिडियोमा भित्री भाग कसरी राख्ने, कति काट्ने, कहाँ कति इन्च छोड्नेलगायतका विधि सिकाएकी छन्। 

व्यापारका लागि टिकटक एउटा ठूलो प्लेटफर्म बनेको देविका घर्तीमगरको अनुभव छ। उनी ‘केडी कलेक्सन नेपाल’ नामबाट अनलाइन व्यापार गर्छिन्। हिजोआज व्यापारको लागि अनिवार्य टिकटक खाता हुनैपर्ने समय आएको बताइन्। गत वर्षदेखि उनले आफ्नो व्यापार सञ्चालनमा ल्याएकी हुन्। 

गतवर्ष कोभिडको त्रास धेरै भएकाले अहिलेको जस्तो भाइरल ट्रेन्डहरू नभएको बताइन्। ‘मान्छेहरू विस्तारै कोभिडसँग डराउन छोडे, महामारीसँगै चल्दै जाने बानी परेकाले चलहपहल बढ्न थाल्यो’ घर्तीले भनिन टिकटकजस्ता अनलाइन प्लेटफर्मले भाइरल बन्ने अवसर दिएको छ।’  कुनै सेलिब्रेटीले होइन सामान्य टिकटकरले नै लगाएर पहिरनहरू भाइरल बनाएका हुन् । 

घर्तीका अनुसार प्रायजसो भाइरल भएका सामग्रीहरू धेरै महँगो खालका हुँदैनन्। सबैले सजिलै किन्न सक्ने, सस्तो, सर्वसुलभ, लगाउन हलुका र सजिलो खालका पहिरनहरू भाइरल बनेका छन्। कसैले आफूलाई मनपर्ने पहिरन लगाएर टिकटकमा भिडियो राख्छन्। अरूले पनि त्यस्तै नक्कल गर्छन्। र भाइरल बन्छ। कुनैकुनै कपडा अति नै चलेको देखिएको बताइन्। 

उनका अनुसार बुट्टा धेरै भएका, लाइनिङ, जिकज्याक बुट्टा भएका सारीहरू धेरै चल्तीमा रहेका छन्। सिफन, जर्जेट मिसिएका, भल्भेटका सारीहरू धेरै चलेका छन्। उनका अनुसार ती सारीहरू कम्तीमा १५ सयदेखि ३५ सयसम्म बेचिएका छन्। साइडमा धेरै चिरिएका, फुर्का जोडिएका कुर्तीहरू पनि एकदमै भाइरल भएको घर्तीले बताइन्।  ‘पोहोर व्यापार भएन तर यसवर्ष राम्रो व्यापार भएको छ।’

लगनखेलको मच्छिन्द्रबहालमा क्लोथ कलेक्सन सञ्चालन गरिरहेकी सुशीला महर्जनका अनुसार भाइरल सारी र टिकटक कुर्ताको माग एकदमै छ। कोरोनाका कारण गतवर्ष ठप्प भएको व्यापार यस पटक ब्यँुतिएको छ। आफ्नो पसलमा रहेका कपडा देखाउँदै भनिन् ‘ग्राहकको मागमा आएका भाइरल सारी र टिकटककर्ता यिनै हुन्।’ महर्जनले कहिलेकाहीँ ट्रेन्डिङमा रहेका कपडा अनलाइनबाट खरिद गर्दा फसेको गुनासो गरिन्। ‘अनलाइनमा राम्रो देखिन्छ। हातमा पर्दा गुणस्तरहीन हुन्छन्। बिक्री हुँदैनन्। कहिलेकाहीँ फसाउँछन्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.