शीतभण्डारमै कुहियो १४ सय किलो आलु

शीतभण्डारमै कुहियो १४ सय किलो आलु

तानसेन : परीक्षणबिनै शीत भण्डारण सञ्चालन गर्दा पाल्पा रामपुरका किसानहरूको लाखौं रुपैयाँ नोक्सान व्यहोरेका छन्। रामपुर नगरपालिकाले निर्माण पूरा नहुँदै शीत भण्डारण सञ्चालन गर्दा किसानहरूको राखेका कृषि उपजहरू कुहिन थालेका छन्। 

विगत वर्षहरूमा रामपुर क्षेत्रका किसानहरूले भैरहवा, स्याङ्जामा कृषि उपजका बिउबिजनहरू भण्डारण गर्दै आएका थिए। जस पाउने लोभमा नगरपालिकाले परीक्षण नै नगरी शीत भण्डारण चलाएको हो। रामपुर नगरपालिका-७ की यमकान्ती गौतमले १० लाखबराबरको उन्नत जातको बिउ शीत भण्डारणमा राखेको, अहिले हेर्दा बिउले टुसा निकालिसकेको बताइन्। किसान गौतमले प्रतिकिलो ६ रुपैयाँको दरमा ६ हजार ६७ किलो आलु ३६ हजार ४ सय रुपैयाँमा भण्डारण गरेकी थिइन्। 

रामपुर-५ बेझाडकी मैना श्रेष्ठले दसंैतिहारमा प्रयोग गर्न भनी कोल्ड स्टोरमा राखेको ३ बोरा आलु पनि कुहिएको छ। 

चाडपर्वमा बजार भाउ महँगो हुने र भनेको समयमा नपाइने समस्याको कारण कोल्ड स्टोरमा राखेको भए पनि कुहिएर खाने लायक नभएको श्रेष्ठले बताइन्। रामपुर नगरपालिका-३ का वडाध्यक्ष दिनेशकुमार खनालले गाउँका किसानहरूलाई प्रोत्साहन गर्न ४७ बोरा आलु भण्डारण गरेको भए पनि बोरा बाहिरै लामालामा टुसा उम्रिएको बताए। रामपुरको  शीत भण्डारणमा करिब एक हजार चार सय क्विन्टल आलु राखिएको छ। नगरपालिकाले शीत भण्डारण सञ्चालनका लागि टेन्डरमार्फत रम्भा गाउँपालिका- १ हुँगीका भगवती अधिकारी न्यौपानेलाई वार्षिक २ लाख ५ हजारमा रुपैयाँमा जिम्मा दिएको थियो। 

शीत भण्डारण पहिलो वर्ष प्रयोगमा ल्याउँदा प्राविधिक रूपमा तालमेल नमिलेकाले समस्या भएको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बताए। किसानलाई परेको पीडा र समस्या सम्बोधनको विषयमा नगरपालिकाको बैठकमा गम्भीर रूपमा कुरा उठेको प्रवक्ता न्यौपानेले बताए। 

गत वर्ष रामपुर नगरको  पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.