झिझिया नाचकाे राैनक

झिझिया नाचकाे राैनक

तोहरे भरोसे व्रह्मवावा झिझिरी बनौलियौ हौ, 

व्रह्मवावा झिझिरी पर होईयो असवार अवोधवा वालक तोहर किछियोन जनैछो हो ।।

महोत्तरी : जब रातिको १० बज्छ, वातावरण सुनसान र शान्त हुन्छ। त्यहि समयमा गाँउको व्रह्मस्थान नजिकको चौवटियाबाट मैथिली लोकभाषाको आवाज गुन्जिन्छ। जसमा मिठास एवम् भावनाको रस भरिभराउ हुन्छ। महिलाहरुको सामुहिक स्वरमा सजिएको यी झिझियाका गीतले अहिले गाँउलाई नै सजाएको छ। दशैंको फुर्सदको क्षणमा यी गीतले रातलाई मनमोहक बनाइदिन्छ। 

दशैं अवधिभर राती ४-५ जना महिलाहरु समुह बनाएर झिझिया नृत्य गर्छन्। गाँउको व्रह्मस्थान नजिकै गरिने यस नृत्यमा एक जनाको टाउकोमा प्वालैप्वाल भएको घैँटो हुन्छ। अन्य महिलाहरु सामुहिक रुपमा गीत गाउने र नृत्य गर्ने गर्छन्। घैँटोभित्र एउटा दियो बालिएको हुन्छ। जसको प्रकाशले वातावरण नै रोमाञ्चक बनाईदिन्छ। 

माछ मारे गेलेय गे डयनियाँ बाबाके पोखरीया, ओतहीस वेटवा गुमौलेय गे ।
चल चल गे डयनिया कदम तर तोरा वेटाके खयवौ व्रह्म तर ।।

प्रायः यो नृत्य जादु टुनामुनासँग सम्बन्धित हुन्छ। दशैंको अवधिमा बोक्सीको कुदृष्टि समाजमा नपरोस भन्ने अभिप्रायले महिलाहरुले झिझिया खेल्ने गर्छन्। नृत्यअन्र्तगत महिलाहरुले आफ्नै मुखारविन्दुले बोक्सीलाई गाली दिँदै धम्क्याउने गर्छन्। बोक्सीलाई गाली गरियो भने त्यसको मारको क्षमता कमजोर हुने र बालबच्चाको सुरक्षा हुने सामाजिक जनविश्वास रहेको छ।

एके डिविया तेल हो भैया भउजी स मंगवाईजा, तेले विना झिझिरी उदास हे ।
हमरो त जुत गे वहिनी भौजी हरि लेलकौ, हमे कैसे तेलवा मंगवौ गे ।। 

व्रह्मस्थानबाट फर्किने क्रममा उनीहरु प्रत्येकको घरबाट तेल र सहयोग माग्ने गर्छन्। यसरी जम्मा भएको रकम र तेल राती झिझिया खेल्न प्रयोग गर्छन् भने रकम विजिया दशमीका दिन पूजापाठ, भोज र प्रसाद वितरण गरी लोकनृत्यलाई विर्सजन गर्छन्। 

झिझियालाई संरक्षण गर्नुपर्छ 

वर्तमान परिवेशमा झिझियालाई धार्मिक आस्थासँग जोडि राख्न असजिलो रहेको लोकगायक विजय दासले बताए। यसको लोक सांस्कृतिक पक्षलाई संरक्षण सम्वद्र्धन गर्न कलाकारले कलाको माध्यमले उजागार गर्नुपर्ने आवश्यकता रहेकाे गायक दासले जोड दिए। दुष्टात्मा त्यागि सकारात्मक सोचको स्थापित गर्न यस्ता नृत्य समाजमा स्थापित भएको अखिल नेपाल शिक्षक संगठन महोत्तरीका अध्यक्ष रामउमेश यादवले बताए। उनले भने,‘लोककलालाई सम्वद्र्धन गर्न हरेकको सकारात्मक भूमीका आवश्यक छ। विद्यालयस्तरबाटै यस्ता लोककला संस्कृति र धरोहरको रक्षार्थको अभ्यास हुनुपर्दछ।’ 

२१ औँ शताब्दीमा समाजिक स्तरमा जडा गाडेको कुरितीहरु क्रमिक रुपमा अन्त्य हुँदै गएको सर्लाही हरिवन नगरपालिकाकी उपमेयर रेणु दाहालले बताईन्। उनले भनिन, ‘बाेक्सी प्रथा जस्तो कुरिती समाजबाट अन्त्य भएकाे छ। अब मनबाटै अन्त्य गरिनुपर्छ। महिलालाई बोक्सी भन्ने परम्परा अब अन्त्य भएकाे छ। समाजमा अझ रुपान्तरित शिक्षाको आवश्यकता छ।’ 

झिझिया कुनै जाति विशेष नभई समाजिक विषयवस्तु भएकोले नगरपालिका लोकसंस्कृति र लोककलालाई सम्वद्र्धन गर्न अगाडि बढ्दै आएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए। मैथिलीका संस्कृति धरोहर होरैया, जटजटिन, झिझिया, समाचेकवा जस्ता लोककलालाई समाजिक स्तरबाटै संरक्षण गर्नु आवश्यकमा मेयर महतोले जोड दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.