मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

ढल्केवर(धनुषा) : धनुषामा रुखमा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । शनिबार तीनजना सवार बा.४८ प २२५५ नम्बरको मोटरसाइकल गणेशमान चारनाथ नगरपालिका–२ सुरीस्थित भित्री सडकमा अनियन्त्रित भइ रुखमा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा परेर गणेशमान चारनाथ नगरपालिका-१ छघरियाका २१ वर्षीय दीपलाल महरा र गणेशमाण चारनाथ नगरपालिका-२ गंगापुरका २० वर्षीय हरिचन पासवानको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर नवराज न्योपानेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार गणेशमाण चारनाथ नगरपालिका–२ गंगापुरका २२ वर्षीय लालबाबु पासवान गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरको सघन कक्षमा उपचार भइरहेको धनुषा ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते लालबाबु मृतक हरिचनका दाइ हुन् ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.