अझै हाँडीघोप्टे वर्षा हुन सक्ने

अझै हाँडीघोप्टे वर्षा हुन सक्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा हाँडीघोप्टे वर्षा हुन सक्ने जनाएको छ। मंगलबार दिउँसोसम्म सुदूरपश्चिम र प्रदेश १ मा पनि जनजीवन प्रभावित गर्ने गरी वर्षा भएको थियो। यी क्षेत्रमा बुधबारसम्म सोही प्रणाली रहने छ। 

पश्चिममा बिहीबारबाट मौसम सुधार भए पनि वर्षाको सम्भावना यथावत् छ। महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिममा मंगलबार दिउँसो ३ बजेसम्म पनि भारी वर्षा भएको थियो। 

शाक्यले भनिन्, ‘बुधबारसम्म मुलुकका धेरै स्थानमा वर्षा हुने  र बिहीबारबाट मात्रै क्रमिक सुधार हुने देखिन्छ।’ 

जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल मेट्रोलोजिस्ट इन्दिरा कँडेलका अनुसार न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुतm प्रभावले ठूलो खालको वर्षा निम्त्याएको हो। अधिकांश घटना हेर्दा यी दुइटा सिस्टम मिसिएपछि अलि गम्भीर खालको वर्षा निम्त्याउने गरेको बताइन्। 

केही दिन पहिला मौसम बाहिरिएको समाचारहरू प्रकाशित भएपछि किसानहरूले धान धमाधम काटेका थिए। तर, धान भिœयाउन नपाउँदै अत्यधिक वर्षा भएपछि मौसमविद्हरूको आलोचना भएको थियो। 

मौसमविद् शाक्यले मनसुन बाहिरियो भन्नुको अर्थ पानी नै पर्दैन भन्ने अर्थ लगाउन नमिल्ने बताइन्। ‘पोष्ट मनसुनकै समय छ। यस्तो बेला वर्षा कम हुने मात्र हो। तर, प्रत्येक वर्ष उस्तै मौसम हुँदैन,’ उनले थपिन्,  ‘पहिला पनि यस्तो समस्या हुने गथ्र्यो। यसवर्ष न्यून चापीय प्रणाली र पश्चिमी वायु बनेकाले यस्तो भयो।’ 

बंगालको खाडी  तथा मध्य भारतस्थित न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुतm प्रभावले अत्यधिक असर गरेको  छ। यसले धेरै वर्षा गराउँछ। तर, यस वर्ष साइक्लोन (चक्रवत) बनेको छैन। चक्रवत बनेको खण्डमा अझ धेरै वर्षा गराउँछ। र, वर्षासँगै वायुको गति धेरै हुन्छ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १ र २ गतेसम्ममा २ सय ९ वटा स्टेसनमा वर्षा भएको देखिएको छ। यसबाट १८ वटा घटना घटेका छन्। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली नदीले सतर्कता तह पार गरेको छ।  कैलालीकै खुटिया नदीको सतहले सतर्कता तह आसपास छ।

साथै, जुम्लाको तिला नदी सेरीघाट जलमापन केन्द्रले  सतर्कता पार गरेको र रातिसम्म नै खतरा रहेको जनाएको छ। महाशाखाका अनुसार महाकाली नदीले सोमबार साँझसम्म खतराका तह पार गरेको थियो। कर्णालीकै असारघाटमा ७.९२५ मिटर पुगेको थियो। पूर्वी नेपालको तमोर नदीमा पानीको सतह बढेर ६.६४१ मिटर पुगेको महाशाखाले जनाएको छ। त्यसले जनधनको क्षति गर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.