धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, ६ घाइते

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, ६ घाइते

धनकुटा : चौविसै गाउँपालिका-१ गढिरेमा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको छ। लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा परेर घाइते भएका ६ जनामध्ये ३ जना गम्भीर रहेका छन्। 

गएराति वर्षासँगै आएको पहिरोले घर पुरिँदा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीयाकी नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का  ३९ वर्षीय संजीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपक कुमार रायाले जानकारी दिए। 

घाइतेमध्ये भेषबहादुर श्रेष्ठ, लिला श्रेष्ठ र गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी रायाले बताए। गम्भीर घाइतेसहित उषा श्रेष्ठ, संजाल श्रेष्ठ र चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्दार गरी उपचारको लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताए। घटनास्थल ६ नं. बुधवारे बजारमा रहेको प्रहरी चौकीदेखि ४ किलोमीटर दक्षिणमा रहेको छ। 

यसैबीच सोही वडाको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पूर्णरुपमा बगाएको छ। तर मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन्।

यता वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा मंगलबारदेखि नै सडक अवरुद्ध रहेको छ। अहिलेसम्म पानीको सतह नघटेकाले तत्काल बाटो खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए। सडक बगाएको आसपासको क्षेत्रमा दर्जनौ स्थानमा सडक भत्किएकाले पानीको सतह घटेपछि मात्र सडक डाइर्भसनको कार्य शुरु हुने प्रजिअ पन्थले बताए। 

जिल्लाका सहायक राजमार्गहरु भेडेटार राजारानी नम्बर बुधवारे राँकै रबि सडक, तमोर करिडोर, हिले लेगुवा भोजपुर सडक पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.