सिके राउतका १० कार्यकर्ता पक्राउ

सिके राउतका १० कार्यकर्ता पक्राउ

ढल्केवर(धनुषा) : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका १० जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भ्रष्टाचार गरेको भन्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश्वर कुशवाहामाथि अमानवीय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

जनमत पार्टीका १० जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि बिहीबार मध्यान्न जनकपुरधामको रामानन्द चोकस्थित आयोजनाको कार्यालयमा भाटासहित पुगेका जनमत पार्टीका दर्जनौं नेताकार्यकर्ताले कुशवाहालाई उनकै कार्यकक्षबाट बाहिर निकालेर कुटपिट गरेका थिए। 

उनीहरुले निमित्त प्रमुख कुश्वाहाले लगाएको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर बजार घुमाएका थिए। कुशवाहालाई कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाएर बजार घुमाउने क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो।

त्यसपछि आफ्ना कार्यकतालाई पक्राउ गरेको भन्दै रिहाईको माग गर्दै पार्टीका अन्य नेता कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका थिए।  

‘हामी अनुसन्धान गर्दैछौं। दुर्व्यवहार गर्ने कार्यमा संलग्नलाई कानून बमोजिम कारवाही हुन्छ। यतिसम्मको अमानवीय व्यवहार गर्न मिल्छ र भन्या? उनीहरुलाई कारवाही प्रक्रियामा त लानैपर्छ,’ डीएसपी बस्नेतले अन्नपूर्णसँग भने।

यता आफ्नो कार्यकता रिहाइको माग गर्दै पार्टीका अन्य नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिइरहेका छन्। पक्राउ परेका कार्यकर्ताको रिहाई नगरेसम्म आफूहरुको धर्ना तथा प्रदर्शनको कार्यक्रम जारी रहने जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहाले बताए।

जनकपुरमा अहिले जिल्ला प्रहरी कार्यालय क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.