उद्योगीलाई सहयोग पुग्ने कानुन बनाउन प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री राउत

उद्योगीलाई सहयोग पुग्ने कानुन बनाउन प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री राउत

ढल्केवर : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी व्यवसायीलाई सहयोग पुग्ने ऐन कानुन बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। शनिबार जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको आर्थिक समृद्धि र आर्थिक विकासमा नीजी क्षेत्रले निर्वाह गरेको भूमीकाको प्रशंसा गर्दै यस्तो बताएका हुन्। उनले रोजगारी सृजना गर्ने क्षेत्रमा अटोमोबाइल व्यवसायीहरुले उल्लेखनीय भूमीका निर्वाह गरिरहेको बताए। उनले उद्योगी व्यवसायीको सहयोगी बन्न प्रदेश सरकार प्रतिवद्ध रहेको विश्वास दिलाए।

ऐन, नियम कानून बजेट ल्याउँदा नीजि क्षेत्रको सल्लाह सुझाव आवश्यक रहेको मुख्यमन्त्री राउतको कथन थियो।

‘उद्योगी व्यवसायी र लगानीकर्ताहरुलाई उच्च मनोवलकासाथ लगानी गर्ने वातावरण बनाउन राज्यको तर्फबाट जुन प्रयास हुनुपर्ने हो त्यो देखिएन। यो दुर्भाग्य हो,’ मुख्यमन्त्री राउतले भने ‘त्यो वातावरण बनाउन प्रदेश सरकार तयार छ।’ प्रदेश सरकारले आफ्ना उद्योग ऐन ल्याइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस किसिमका नियमावली पनि ल्याउन लागेको जानकारी दिए। उनले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न पनि आग्रह गरे। विदेशी गाडीहरु पनि यहाँ निर्माण गर्ने वातावरण तयार गर्नका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो।

जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकार लगायतका अतिथीहरुको उपस्थिती थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.