पुल निर्माणमा स्थानीयको अवरोध

पुल निर्माणमा स्थानीयको अवरोध

महोत्तरी : सोनमा गाँउपालिका ७ स्थित रुपणी खोलामा निर्माण भईरहेको पुल ढलान कार्यमा स्थानीयले अवरोध गरेको छ। कमसल तरिकाले पुलको ढलान कार्य भईरहेको खबर पाएपछि आईतबार दिउँसो निर्माणस्थल पुगेका स्थानीयहरुले पुल ढलान कार्यमा अवरोध गरेका हुन्। पुल पूर्वाधार निर्माण कार्य पनि कमसल तरिकाले भईरहेको सुईको पाएपछि आफूहरु निर्माण कार्यमा अवरोध जनाएको स्थानीय सुजित यादवले बताए। 

निर्माण कार्य स्टिमेट विपरीत भईरहेको केहीदिन अगाडि निर्माणस्थलमा आएको गाँउपालिकाको प्राविधिक टोलीले अनुगमन गर्दा पुलमा प्रयोग भएको छड डिजाईन विपरीत र गिट्टीसमेत स्थानीय मरहा खोलाबाट प्रयोग गरिएको पाईएको गाँउपालिकाको ईन्जिनियर हिरालाल मण्डलले बताए। उनले भने, ‘सो क्रममा टोलीले तत्कालको लागि निर्माण कार्य रोक्नका लागि निर्देशन दिएको थियो। आज पुनः सोही अवस्थामा निर्माण कार्य अगाडि बढाएपछि स्थानीयहरु निर्माण कार्यमा अवरोध जनाएको हो।’ 

यस सम्बन्धमा सोनमा गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले गुणस्तहीन तवरले भईरहेको निर्माण कार्य आफूहरुको मान्य नहुने बताए। गुणस्तरयुक्त पुल निर्माणको लागि आफुले बारम्बार निर्देशन दिँदासमेत पालना नगर्दा स्थानीयहरु वाध्य भएर निर्माण कार्य रोकेको अध्यक्ष यादवले जानकारी दिए। 

प्रदेश नं. २ सरकारको संसदीय विकास कोषको लगानीमा शुभम् कन्ट्रक्शन जनकपुरधामले १ करोड ८६ लाखको लागतमा पुल निर्माण गरिरहेका छन्। १८ मिटर लम्बाई र ५ मिटर चौडाई भएको सो पुलमा ४ वटा स्पाम जडान गरिने गाँउपालिकाको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.