सिके राउतका कार्यकर्ताविरुद्ध कर्मचारी सडकमा (फोटो फिचर)

सिके राउतका कार्यकर्ताविरुद्ध कर्मचारी सडकमा (फोटो फिचर)

ढल्केवर(धनुषा) : डा. सिके राउत नेतृत्वको जनमत पार्टीको विरोधमा कर्मचारी हातहातमा कालो पट्टी बाँधेर सडकमा उत्रिएका छन्। संघीय खानेपानी तथा ढल निकास आयोजनाको कार्यालय जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश्वर कुशवाहालाई जनमत पार्टीका नेता कार्यकर्ताले अर्घनग्न गरी दुर्व्यवहार गरेको घटनाविरुद्ध आइतबार महोत्तरीको बर्दिवासका कर्मचारीले प्रदर्शन गरेका हुन्।

सयौंको संख्यामा रहेका कर्मचारीले बर्दिवासमा र्‍याली निकालेर जनकपुर घटनाको विरोध जनाएका छन्।

'राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण बन्द गर, जनकपुर घटनाका दोषीलाई कारवाही गर', 'राष्ट्रसेवक कर्मचारीको मानव अधिकार सुनिश्चित गर, कथित जनतामारा जनमत पार्टीलाई प्रतिबन्ध गर', 'जनताको करले बनाएको कार्यालय तिमीले जलायौं–तिमीजस्ता देशद्रोही नेताले कर्मचारी विद्रोही बनायौं' जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेर जनमत पार्टीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले बर्दिवासको विभिन्न भागमा परिक्रमा गरेका थिए।

र्‍यालीपश्चात कोणसभामा परिणत भएका कर्मचारीले जनकपुर घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरे। दोषीलाई कारबाही र इन्जिनियर राजेश्वर कुशवाहाले न्याय नपाएसम्म आफूहरुको आनदोलन जारी रहने उनीहरुको भनाइ थियो।

कर्मचारीहरुले ईलाका प्रहरी कार्यालय बर्दिवास मार्फत महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। ज्ञापनपत्रमा उनीहरुले देश र जनताको सेवा प्रवाहमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि भएको नृशंस र अक्षम्य अपाराधिक कुकर्म संविधानत नागरिकको मौलिक हकको हनन तथा मानव अधिकारको उल्लंघन समेत भएकोले यस्तो अराजक घटनामा संलग्न व्यक्तिलाई तत्काल गिरफतार गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। 

राष्ट्रसेवक कर्मचारीहरुको कार्यथलोको सुरक्षा, सेवाको सुरक्षा, जीउज्यानको पूर्ण सुरक्षाको सुनिश्चितता गर्न र निर्दोष कर्मचारीमाथि भएका यस्ता घटनाबाट उत्पन्न क्षतिको उचित क्षतिपूर्ति प्रदान गर्न समेत ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन्।

गएको बिहीबार जनमत पार्टीका नेता कार्यकर्ताले संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित्त प्रमुख कुहवाहालाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर नालाको हिलो दली नगर परिक्रमा गराएका थिए। त्यस घटनाको अहिले चौतर्फी आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.