यस्तो छ फिरन्ते राउटेको दैनिकी (फोटो फिचर)

यस्तो छ फिरन्ते राउटेको दैनिकी (फोटो फिचर)

दैलेख : राउटे जाती मानव सभ्यताको इतिहास बोकेको समुदाय हो। त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो। लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाती राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन्। आफ्नै मान्यता तथा मौलिकताभित्र रहि जीवनयापन गरिरहेका राउटे आधुनिक मानव समाजबाट टाढै छन्। उनीहरु जंगल, वन्यजन्तु र प्रकृतिसँग निकट छन्। समुदायभित्र विभेद र वर्ग विभाजन छैन। यो नै राउटेको उत्कृष्ट पहिचान हो। 

राउटेहरु पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्थे। तर, अहिले राउटेका लागि पैसा अनिवार्य जस्तै भईसकेको छ। उनीहरु स्थायी बसोबास लेखपढ र खेतीपाती गर्नुलाई महाशत्रु ठान्छन्। यद्धपी राउटे समुदायका बालबालिका र युवाहरु लेख्न र पढ्न थालेका छन्।  

नेपाल सरकारले राउटे नागरिकलाई २०६३ बाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ। २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचय पत्र प्राप्त गरेका राउटे नागरिकलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिसकेको छ। 

सिकार गर्नु, काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु नै राउटेको जीविकोपार्जनको मुख्य स्रोत हो। स्थायी रुपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहने राउटेको अर्को विशेषता नै हो। आफ्नो समुदायका कुनै सदस्यको मृत्युपछि बसाई सर्ने प्रचलनका कारण राउटे कुनै एक ठाउँमा बसोबास गर्न सक्दैनन्। यतिमात्र होइन, धार्मीक, सांस्कृतिक र मौषम अनुसार राउटे एक ठाउँबाट अर्कोठाउँमा बसाई सरिरहन्छन्।

मुख्यतया कर्णालीको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र दाङ जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे हाल सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँमा बसोबास गर्दै आएका छन्। रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेको राउटे बस्तीमा हाल ४१ घरपरिवारमा १ सय ४४ जनाको  जनसंख्या छ। आफूलाई जंगलको राजा दावी गर्ने राउटेहरुमा पहिले एउटै मुखियाले समुदायको नेतृत्व गरेपनि पछिल्ला केही वर्ष तीन जातिका तीन मुखिया छन्।

काठबाट कोसी, मुधुस, आरी बनाएर बेच्ने अर्थात् अनाजसँग साटेर आफ्नो गुजारा चलाउने गर्छन्। कन्दमूल, गुना–बादरको मासु उनीहरुलाई विशेष मनपर्छ। आफ्नै परम्परागत रितीरिजाव, जीवनशैली, धर्मसंस्कार अंगाल्दै आएको यो जाति नेपालको संकटासन्न जातिमा पर्दछ। राउटे नागरिकहरुको सामाजिकीकरणका लागि सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालित छ। 

एईआएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सोसेक मार्फत सञ्चालित परियोजनाअन्तरर्गत तीन जना कर्मचारी समुदायमै खटिएका छन्। परियोजना मार्फत दुई जना जोडी शिक्षक र एक जना स्वाथ्यकर्मी (अहेव) वस्तीमा खटिएका छन्। 

राउटे बस्तीमा सञ्चालित परियोजना र वस्तीको अवस्थाबारे हालै स्थलगत अवलोकन गरिएको छ। एईआएन लक्जेम्वर्गका कार्यकारी निर्देशक फ्रान्कोइस बिन्सफेल्ड, नेपाल प्रमुख रमेश त्वायना, सोसेक नेपालका अध्यक्ष हीरासिंह थापासहितको टोलीले राउटे बस्तीको स्थलगत अवलोकन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.