भरुवा बन्दुक खेलाउँदा पड्किएर बालकको मृत्यु

भरुवा बन्दुक खेलाउँदा पड्किएर बालकको मृत्यु

मुगु :  घरभित्र राखेको भरुवा बन्दुक खेलाउँदा खत्याड १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाँउपालिका—१० डुमान गाँउका परे रावलको घर भित्र भरेर राखेको भरुवा बन्दुक खेलाउँदा सोही वडाका अमरसिंह रावलका छोरा विकास रावलको कार्तिक पाँच गते घटनास्थलमै मृत्यु भएको हो ।

घर आगनको बारीमा रोपेको आलु मकै दुम्सिले सखाप बनाउन थालेपछि दुम्सि मार्न भरेर तयारीमा राखेको भरुवा बन्दुक घरमा कोही नभएका बेला बन्दुक धनी परे रावलका ८ वर्षका तिर्थ रावल, सोही वडाका बीरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकायाले खेलाउँदा विकासको ज्यान गएको वडा अध्यक्ष तिलक रावलले जानकारी दिए ।

विकासको मृत्यु भइसकेपछि दुई बजे पछि सुकाढिक प्रहरी चौकीलाई स्थानीयले  खबर गरेपछि सुकाढी प्रहरी चौकी र ईलका प्रहरी चौकी रातापानीबाट प्रहरी मुचुल्का गरी मृतक बालकको ७ गते प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा पोष्टमार्टम गर्न पठाएको थियो।

अवैध भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले बन्दुक धनी परे रावललाई हतियारसहित नियन्त्रणमा लिएको छ । रावललाई अवैध हातहतियार खरखजना सम्बन्धि मुद्धा दर्ता हुनुका साथै घट्नामा संलग्न  अन्य दुईबालकलाई परिवारको रोहबरमा घट्नाका बारे सोधपुछ गर्न उनका अभिभावकसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.