मन्दिरमा नाबालक 'देउकेटा'

मन्दिरमा नाबालक 'देउकेटा'

दैलेख : कर्णाली नदि र लोहोरे खोलाको संगमस्थल, तल्लो डुङ्गेश्वर बजार। सोहि बजारलाई कर्णाली राजमार्गले छिचोलेको छ। बजार छेउमै रहेको शिद्धेश्वर महादेव मन्दिरमा अहिले पनि कुमार केटालाई चढाउने प्रथा कायमै छ। आधुनिक समाजमा कलंकको रुपमा रहेको देउकी प्रथा क्रमशः हराउँदै गएपनि उक्त मन्दिरमा भने देउकी प्रथाकै झल्को दिने ‘देउकेटा’ प्रथा हट्न सकेको छैन। 

धार्मीक परम्परा अनुसार मन्दिरमा कुमार केटा ‘देउकेटा’ नचढाए अनिष्ट हुने, दैवी प्रकोप आउने अन्धविश्वास कायमै छ। उक्त मन्दिर दैलेखका पञ्चकोशी तिर्थस्थलको प्रवेशद्धारा पनि हो। बालबालिकालाई धार्मिक स्थलमा देउकी, देउकेटा जस्ता कार्यमा संलग्न गराउन नहुने कानूनमा उल्लेख भएपनि धार्मिक परम्पराअनुसार यस कार्यले निरन्तरता पाएको छ ।

दुल्लु नगरपालिका–१ स्थित उक्त मन्दिरमा ‘देउकेटा’ फेरिईसकेछन्। गत मंसिर देखी ७ वर्षीया बालक सुवास गिरी देउकेटा बनेका हुन्। महादेव मावीमा कक्षा ३ मा अध्ययनरत सुवास १० बर्ष अझै मन्दिरमा पुजारी बस्नुपर्ने हुन्छ। त्यसअघि देवतालाई चढाएका जीवन गिरी एसईइ परिक्षा दिनुपर्ने भएको र १८ वर्ष पुरा भईसकेको हुँदा मन्दिरबाट बाहिरिएका थिए। सुवास गिरीलाई तिनै जीवन गिरीले काममा सहयोग पु¥याउँदै आएका हुन्छन्। सबै कामको जानकारी नभएकाले सहयोग गरिदिएको जीवनले बताए। २०६८ को जेठ महिनामा जीवन गिरी पुजारी बनेका थिए। 

परम्परा अनुसार गिरी परिवारले पुजारी बस्ने परम्परा रहेको छ। बिहान, बेलुका पुजापाठ गर्नु, मन्दिरमा आएका भक्तजनहरुलाई टिका लगाई दिनु देउकेटाको दिनचार्या हो। मन्दिरमा हप्ताको मंगलबार र शुक्रबार पुजापाठ गर्ने भक्तजनको घुइँचो लाग्ने हुँदा देउकेटाको पढाई समेत बिग्रिने आफन्तहरु बताउँछन्। 
मन्दिरमा चढाएका देउकेटाले आफूले बनाएको खाना बाहेक होटलमा चिया, नास्ता नखाने, महिनावारी भएकालाई नछुने चलन छ। यदी छोएमा देउता रिसाउने र पुजारी बिरामी हुने, सर्पले लखेट्ने, घरमा अनिष्ट हुने अन्धविश्वास रहेको छ। पुजापाठ गर्ने सक्ने उमेर देखि १६ वर्षसम्म मात्र देउकेटा राख्ने चलन छ। देउकेटाको १६ वर्षपछि बिहेवारीको अवस्था रहने भएकोले परम्परा अनुसार देउकेटा हटाउने गरेको दुल्लु नगरपालिका-१३ का विष्णु शाहीले बताए।  

विद्यालयमा शिक्षकहरुलेसमेत छुट्टै राखेर पढाउने गरेको देउकेटा बताउँछन्। ‘साथीसँग खेल्ने मन लागेपनि हेरेर बसिरहन्छु, घरमा आमा बुवाले दिएको खानेकुरा नखानु र महिनावारी भएकालाई नछुनु भन्छन्,’ देउकेटा सुवासले भने। 

धर्म संस्कारका नाममा बालबालिकाको अधिकार हनन् गरिएको अधिकारकर्मी बताउँछन्। ‘पढाई नै रोकेर देउकेटाका नाममा बालबालिकाको अधिकार हनन् हुने गरि राख्नुहुँदैन,’ धार्मिक आस्था नखल्बलिने गरी बालकले पनि पढ्न, लेख्न र खेल्न पाउनुपर्छ, यो नै बालबालिकाको नैसर्गिक अधिकार हो,’ अधिकारकर्मी अमर सुनार भन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.