ओलीको कारण मधेशले अधिकार पाएन : प्रचण्ड

ओलीको कारण मधेशले अधिकार पाएन : प्रचण्ड

मलंगवा : मधेशीलाई अधिकार सम्पन्न बनाउनका लागि दुई पटक प्रयास गर्दा पनि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाए। 

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र तत्कालीन जनता समाजवादी पार्टी निकटको शिक्षक संस्था नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशनको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही सदरमुकाम मलंगवा आएका प्रचण्डले ओली र मधेशवादी नेताका कारण मधेश पछाडि परेको आरोप लगाए। 

मधेशीलाई अधिकार दिनुपर्छ, मधेशलाई अधिकार सम्पन्न बनाउन पर्छ भनेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री नेपालमा आफू मात्रै भएको उनले दावी गरे। 

'मधेशीलाई हक अधिकार पुगेको छैन। मधेशलाई हक अधिकार दिनुपर्छ, संविधान परिमार्जन गर्नुपर्छ भनेर प्रस्ताव दर्ता गरे। तर, दुई तिहाईको बहुमत भएका ओलीले त्यो संशोधन प्रस्ताव पास गर्न दिएनन्। मधेश विरोधी तत्व, सामन्ती तत्व र विदेशीको अगाडि आत्मसम्पर्ण गर्ने तत्वहरुले विरोध गरे।', उनले भने, 'मधेश विरोधी, गणन्तत्र विरोधी, संघीयता विरोधी, समावेशी समानुपातिक विरोधी ओली आफूलाई मधेशको मसिहा ठान्छन्।'

ओलीलाई मधेशका मसिहा ठान्ने अर्का नेताद्वय महन्थ ठाकुर र  राजेन्द्र महतोले साथ दिने र सरकारमा सहभागी हुने कुरा अचम्म लाग्ने उनले बताए। मधेशका मित्र र दुश्मन को हो जनताले अब बुझ्नु पर्ने अवस्था आएको उनले बताए। 'मधेशलाई धोका दिनेसँग साँठगाँठ गर्ने महन्थ र राजेन्द्र के मधेशका नेता हुन ? रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउन भनेर प्रस्ताव गर्दा विरोध गर्नेहरु के मधेशी  हुन ?', उनले प्रश्न गरे।

उनले मधेशका दलाल, विदेशीको इसारामा चल्नेहरु आफूलाई मधेशीको प्रेमीभन्दा अच्चम लाग्ने बताए। 'मधेशसँग मलाई प्रेम छ। मधेशीसँगको प्रेमकै कारण म रोल्पा छोडेर सिरहाबाट चुनाव लड्न आएँ। मधेशको गढमा आएर चुनाव जितें। अब प्रधानमन्त्री बन्छु', उनले भने, 'राज्यले दोस्रो दर्जाको नागरिक बनाएका मधेशीलाई पहिलो दर्जाको नागरिक बनाउँछु भनें। तर, आज मलाई भिलेन र डाँकाहरुले घेरा हालेका छन् ।'

मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जस्तो सुकै खतरा मोल्न आफू तयार रहेको प्रचण्डले बताए। मधेशलाई अधिकार सम्पन्न बनाउँछु भनेर चुनाव लड्ने आउने मधेशी अनुहारहरु डाँका र मधेशको दलाल रहेको उनले दाबी गरे। अबको चुनावमा त्यस्ता दलाललाई पाखा लगाउनु पर्ने आवश्यक्ता भएको उनको भनाइ छ। 

'हामीले एकता गरेर देशमा राजनीतिक स्थायित्व होला भन्ने सोचेका थियौं। वामपन्थीहरुले देशमालाई समाजवादतिर लैजाला भनेर एकता गर्यौं। तर, धोखा, विश्वासघात, बेइमानी भयो। ओलीले अहंकारवाद देखाए तर, हामीले बदशाह ठानेका ओलीलाई घोडाबाट पर्छाने काम गर्यौं', उनले भने,  'बालुवाटारबाट बालकोट पुर्‍यायौं। मैले त्यति बेला नै भनेको थिएँ। आगोसँग खेल्ने काम नगर। माओवादी आगो हो। आगोसँग खेल्यो भने परिणम राम्रो हुँदैन भनेका थियौं। तर, मानेनन्।'

उनले बालुवाटार र बालकोटबाट मात्र नभएर गण्डक, लुम्बनी र बागमतीबाट एमाले पाखा लाग्ने बताए। अब एक नम्बर प्रदेशबाट पनि  १५ दिनपछि जाने निश्चित भएको बताए। माओवादीलाई जिस्काउँदा के हुन्छ भन्ने उनले बल्ल थाहा पाएको प्रचण्डले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.