प्रधानमन्त्री विदेश रहेकोले प्रधानन्यायाधीशबारे आधिकारिक धारणा आउन सकेन : मन्त्री श्रेष्ठ
महोत्तरी : भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले प्रधानमन्त्री स्वदेश फकिएलगतै प्रधानन्यायाधीश विवादबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताएकी छन्। बुधबार प्रेस सेन्टर नेपाल महोत्तरी शाखाले बर्दिवासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले प्रधानमन्त्री विदेश भ्रमणमा रहेकोले हाल सरकारको तर्फबाट चोलेन्द्रशमशेर जबराको विषयमा आधिकारिक धारणा आउन नसकेको स्पष्ट पारिन्।
अर्ली ईलेक्शनको सन्दर्भमा मन्त्री श्रेष्ठले भनिन्, ‘सरकारको तर्फबाट नभई यो व्यक्तिगत अवधारणा मात्र रहेको छ। न त गठबन्धनमा यस विषयमा चर्चा चलेको छ, न त मन्त्रिपरिषद्मा नै। यो व्यक्तिगत अवधारणा मात्र हो।’
सहकारी सञ्चालन एवम् गुठी जग्गा व्यवस्थापनको सवालमा सरकार चाँडै नै नियमन गरेर संचालनको वातावरण सिर्जना गरिने मन्त्री श्रेष्ठले धारणा राखिन्। अब निती र कार्यान्वयन सँगसँगै लगेर कार्यसम्पादन गरिने मन्त्री उनको दाबी छ।