मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, ३ घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, ३ घाइते

ढल्केवर(धनुषा) : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ। जनकपुर-ढल्केवर सडकखण्डअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयास्थित ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

शुक्रबार मध्यान्ह ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ज८ प ७०७२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०२–००४प ९०२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा प्रदेश २–०२–००४प ९०२८ नम्बरको मोटरसाइकल चालक महोत्तरीको भमरपुराका अन्दाजी २३ वर्षीय जितेन्द्रकुमार यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको उनले बताए । दुर्घटनामा ज.८प. ७०७२ नम्बरको मोटरसाइकलमा सवार धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार बस्ने ३१ वर्षीय कृष्णकुमार साह, उनकी श्रीमती खुश्बु साह र अन्दाजी ४ वर्षीय छोरा रिहान कुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको र अवस्था सामान्य रहेको छ। दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.