धमाधम पक्राउ पर्दै दुर्व्यसनी

धमाधम पक्राउ पर्दै दुर्व्यसनी

पोखरा : कास्कीमा लागूऔषध कारोबार नियन्त्रण गर्न कास्की प्रहरीले लागूऔषध कारोवारी, डिलर र सेवन गर्नेलाई पक्राउ गरिरहेको छ। कास्कीमा ३ महिनामा १०९ जना लागूऔषधसहित समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रमुख एसपी रमेश थापाले बताए।

आर्थिक वर्ष २०७७/७८ मा कास्कीमा १४९ जनाविरुद्ध लागूऔषधमा मुद्दा दर्ता भएको थियो। आव २०७८/७९ को ३ महिना (साउन, भदौ, आसोज) मा ७० जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। त्यस्तै, गत आवमा २२१ जना पक्राउ परेका थिए भने चालू आवको ३ महिनामा १०९ जना पक्राउ परिसकेका छन्। 

गत आवमा लागूऔषध बुप्रिनर्फिन २ हजार ८ सय ३० थान, डाइजापाम २ हजार ८ सय ५३ थान, फेनेरागन २ हजार ७ सय ८४ थान, चरेस १ सय ग्राम, गाँजा ७२ केजी ५ सय ५१ ग्राम, नाइट्रोभ्याट २ हजार १ सय ८१ चक्की, ट्रामडोल २ हजार १ सय ९० क्याप्सुल, अफिम १० केजी ५ सय ग्राम, ब्राउन सुगर ८७ ग्रामसहित लागूऔषधसहित कारोबारी समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ। 

चालू आर्व ३ महिनामा बुप्रिनर्फिन १ हजार ३ सय २४ थान, डाइजापाम १ हजार ३ सय ३४ थान, फेनेरागन १ हजार ३ सय ३७ थान, गाँजा ५१ केजी १ सय ७९ ग्राम, ब्राउन सुगर १७ ग्राम ३ सय ३७ मिलिग्राम, नाइट्रोभ्याट ३ सय ८२ चक्की, चरेस ८ सय ३८ ग्रामसहित लागूऔषध कारोबारी पक्राउ परेका छन्।

कास्कीका विभिन्न ६८ स्थानमा गरी ४ सय ५० क्विन्टल गाँजा फडानी भएको पनि कास्की प्रहरीले बताएको छ। प्रहरीका अनुसार कात्तिकमा लागूऔषधसहित कारोबारी, एजेन्ट र डिलरसमेत पक्राउ परिरहेका छन्। पक्राउ परेका एजेन्टस्को सूचनाका आधारमा कास्की प्रहरीले डिलरलाई समेत समातेर मुद्दा चलाएको बताएको छ।

लाहुरेको सहर भनेर चिनिने पोखरामा रोजगारको खोजीमा विदेश जाने अभिभावकको संख्या पनि उस्तै छ। ‘छोराछोरी छाडेर देशकै अन्य सहर तथा विदेश जाने अभिभावकले छोराछोरी लागूऔषध प्रयोग त गरिरहेका छैनन् ?’ भन्ने विषयमा चनाखो हुनुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी थापाले बताए। आफ्ना छोराछोरीलाई पकेट खर्च दिँदा त्यो पैसा के कुरामा खर्च गरिरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उनी सुझाउँछन्। कास्की प्रहरीले पहिलोपटक लागूऔषध सेवनमा फसेका युवालाई सुधार्न काउन्सिलिङसमेत गर्दै आएको छ। साथीभाइका लहलहै वा देखासिकीमा युवाहरू लागूऔषधमा फस्दै आएकोले अभिभावकले आफ्नो छोराछोरीहरूको संगत, व्यवहारमा केकस्ता परिवर्तन आएको छ भनी ख्याल गर्नुपर्ने उनी बताउँछन्। 

लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको उमेर समूहमा आव २०७७/७८ मा १८ वर्षभन्दा मुनिका बालक १९ जना रहेका छन्। १८–२५ वर्ष उमेर समूहका पुरुष ८५ जना र महिला ४ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ। त्यसैगरी २६–३५ वर्ष उमेर समूहमा ४३ पुरुष र ४ जना महिला पक्राउ परेका थिए। ३६–४५ वर्ष समूहका ४५ जना पुरुष र १ जना महिला, ४६ वर्षभन्दा माथि उमेर समूहमा २२ जना पुरुष रहेको कास्की प्रहरीको तथ्यांक छ। पर्यटकीय सहर पोखरामा घुम्न आउने विदेशी नागरिक पनि मनोरञ्जन गर्ने उद्देश्यले लागूऔषध सेवन गर्ने गरेको पाइएको छ। विदेशी नागरिकहरू पनि बेला–बेलामा पोखरामा लागूऔषधसहित पक्राउ पर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.