दुर्घटनालगत्तै बसमा आगलागी, १२ यात्रु घाइते

दुर्घटनालगत्तै बसमा आगलागी, १२ यात्रु घाइते

ढल्केवर(धनुषा) : धनुषामा दुर्घटना भएलगत्तै बसमा आगलागी भएको छ। दाङबाट बिराटनगरतर्फ जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित दुर्घटना हुँदा बसमा आफै आगलागी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएको प्रहरी निरीक्षक सुवेदीले जनाए। घाइते हुनेमा ७ जना महिला, चार पुरुष र एक बालक रहेको उनले बताए। उनीहरुको नाम, वतन खुल्न नसकेको बताइएको छ।

बुधबार बिहान करिब ८ बजेतिर ना ६ ख ७१०२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनालगत्तै बसमा आगलागी हुँदा पुरै भाग जलेर नष्ट भएको छ । प्रहरी निरीक्षक सुवेदीका अनुसार घाइते मध्ये १० जनाको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा र दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल रहेको प्रहरी निरीक्षक सुवेदीले बताए । आगजनीमा अधिकांश यात्रुको समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

‘सडकबाट तल खसेको बसमा आफै आगो लागेको हो। बस पल्टिने क्रममा तेल टंयाकी फुट्न गइ बसमा आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ,' प्रहरी निरीक्षक सुवेदीले भने । समा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवरले बरुण यन्त्रको सहयोगमा नियन्त्रण लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.