प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सकको निगरानीमा

प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सकको निगरानीमा

महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्। 

नेकपा माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्डअहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको संयोजक ढुंगानाले जानकारी दिए।  

शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो। प्रचण्ड नआउने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए। 

यता अध्यक्ष प्रचण्ड नआउने भएपछि रामगोपालपुर नगरपालिकाले आयोजना गरेको सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.