कांग्रेस अधिवेशन : सर्लाही निर्वाचनमा अधिकृत कुटिए

कांग्रेस अधिवेशन : सर्लाही निर्वाचनमा अधिकृत कुटिए

मलंगवा : नेपाली कांग्रेसको जिल्ला अधिवेशन गराउन सर्लाही आएका निर्वाचन अधिकृत कुटिएका छन्। अधिकृत दिवाकरराज पाण्डे कुटिएपछि अधिवेशन अनिश्चित बनेको छ। बिहीवारका लागि निर्धारण गरिएको वडा अधिवेशन छलफल चलिरहेको समयमा कांग्रेसकै इतरपक्षले पाण्डेलाई कुटपिट गरेका हुन्।

पाण्डेलाई टाउको, काँध र पिठ्युमा चोट लागेको छ। वडा तहको अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा दुईपक्षबीच विवाद भएको थियो। वर्तमान सभापति नागेन्द्रकुमार राय संस्थापन पक्षमा छ भने पूर्व सभापति लक्ष्मण राय इतर पक्षमा छन्। 

दुई पक्षबीचको विवादले गर्दा निर्वाचन गराउन नसकेपछि यसअघिका निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा बुझाएर गएपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो। कात्तिक २८ गते सर्लाही आएका पाण्डेले विवाद समाधानका लागि छानविन समिति गठन गरेका थिए। 

पार्टी कार्यालयमा विवाद सामाधान गरेर निर्वाचन गराउने वातावरण बनाउँदै गरेको समयमा एकपक्षका केही व्यक्तिहरु आएर आफुमाथि आक्रमण गरेको अधिकृत पाण्डेले बताएका छन्। ‘दुबै पक्षबाट जिल्ला सचिवसहितको टोली राखेर वार्ता गर्दै थियौं’, पाण्डेले भने, ‘अचानक एक पक्षका २५/३० जना कोठा भित्र पसेर बेल्ट, हात, खुट्टा, लठीले हिर्काउन थाले।’ प्रहरी नभएको भए अप्रिय घटना हुन सक्थ्यो।
प्रहरीले हतियार निकाल्ने समेतको वातावरण आएपछि आक्रमण गर्ने समूह पछि हटेका थिए। बढी चोट काँध, टाउकोमा लागेको छ। आक्रमण गर्ने समूहले म्यानुट र मोबाइल समेत कब्जामा लिएको पाण्डेले बताएका छन्। 

मतदान अधिकृतका लागि गोला प्रथा गर्न लागेका थिए। विवाद सामाधान नभएपछि गोलाप्रथा गरेर मतदान अधिकृत तोकौं र निर्वाचनमा जाउँ भनेका थिए। तर, अचानक आफूमाथि आक्रमण भयो। अब अधिवेशन के होला भन्ने प्रश्नमा उनले पार्टीले अधिवेशन गराउने जिम्मा दिएर पठाएपछि आफू जसरी पनि निर्वाचन गराएर नै जाने पाण्डेले बताएका छन्। 

मतदान अधिकृतको विवाद समाधान गर्नका लागि वार्ता हुदैं गर्दा निर्वाचन अधिकृतमाथि हातपात गरिएको जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिए। उनले भने ‘दुबैतिरबाट जिल्ला सचिव वार्तामा बस्नु भएको थियो। हाम्रोतर्फबाट उपेन्द्र कुशवाहा र उताबाट नविन अधिकारी जी हुनुहन्थ्यो। निर्वाचन अधिकृतसँग समन्वय गरेर काम गर्नु भनेका थियौं। तर, अचानक केही व्यक्तिहरु गएर अधिकृतलाई कुटपिट गरेको छ।’ 

पार्टी भित्रको सामान्य विवादबाहेक अरु केही नभएको कौशल किशोर रायले बताए। उनले भने, 'निर्वाचन अधिकृतले एकतर्फी रुपले मतदान अधिकृत राखेर तालिम गराउन लागेपछि विवाद भएको हो। अधिकृतमाथि कुनै किसिमको हातपात भएको छैन्। विवाद सामाधान गरेर मतदान अधिकृत तोकौं भनेका थियौं। तर, बुधबार राति अचानक एकपक्षिय मतदान अधिकृत तोकेर तालिम दिन खोजेपछि विवाद भएको हो। ' पाण्डे पूर्वाग्रही ढंगबाट अगाडी बढ्न खोजेपछि विवाद भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.