हावा भर्ने ट्यांकी पड्किएर रौतहटमा एकजनाको मृत्यु, एक घाइते

हावा भर्ने ट्यांकी पड्किएर रौतहटमा एकजनाको मृत्यु, एक घाइते

रौतहट : कटहरिया बजारमा हावा भर्ने ट्यांकि पड्किएर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ग्यारेज  संचालक कटहरिया नपा ५ का २० वर्षीय समसुल मियां रहेका छन्।

पड्केको ट्यांकीको फलामको टुक्राले लागेर समसुलको टाउकोमा चोट लागेको छ । अचेत अवस्थामा रहेका समसुल मियांलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका  सइ बिरेन्द्र यादवले बताए।

मृतक समसुलसँगै ग्यारेजमा बसिरहेका स्थानीय २५ वर्षीय जैसी यादवको दाहिने हातमा चोट लागेको छ। संचालक समसुल मियांले पम्पसेट चलाएर  ट्यांकी हावा भरिरहेको अवस्थामा हावा बढी भएर पड्किएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.