खेतखेतमै गणक

खेतखेतमै गणक

कास्की : यति बेला कास्कीका किसान धान थन्क्याउने चटारोमा छन्। यति नै बेला राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणमा हुने मुख्य जनगणनाका लागि गणकहरू शनिबार घरमूलीहरूलाई घरमा नभेटेपछि खेतखेतमै पुगेका छन्।

सार्दी खोलाका किसान शंकर गिरी घरभन्दा केही परको खेतमा धान थन्क्याउने चटारोमा थिए। उनलाई पछ्याउँदै गणक श्रीकृष्ण लम्साल उनको खेतमै पुगे। खेतमै पुगेका गणकले व्यस्त किसानको केही समय मागेर उनको घरको विवरण  लिए।

दोस्रो चरणमा हुने मुख्य जनगणना कात्तिक २५ गतेबाट सुरु भएको हो। मंसिर ९ गतेभित्र जनगणना गरिसक्नुपर्ने भएकाले खेतमै भए पनि घरमूलीलाई खोज्दै जनगणना गरिरहेको गणक सुदीप आचार्यले बताए। भाडामा बस्नेसहित एउटै घरमा ६ परिवारसम्म बसेकाले आचार्यलाई २२६ घरपरिवारको गणना गर्नुपर्ने जिम्मा छ।

कोही परिवाका सदस्य बिहानै ढुंगाखानीमा काम गर्ने, घर बनाउने मिस्त्री काम गर्न जाने भएकोले साँझको समय मिलाएर पनि घर–घरमा पुगेर जनगणना गर्ने गरेको उनले सुनाए। जनगणनामा वडा कार्यालय, स्थानीय आमाबुवा, दिदी, दाजुहरूले पनि सहयोग गरेकाले सजिलो भएको पनि आचार्यले बताए।

कुनै घरपरिवारका सदस्यले आफ्नो दुःख आफैसँग छ गणना गरेर के हुन्छ र ? भनेर झर्को मान्ने गरेको पनि गणकहरूले बताएका छन्। दैनिक ज्याला गरेर खाने परिवारले विशेषगरी यस्तो दुखेसो पोख्ने गरेको गणकहरूको भनाइ छ।

यसअघि पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्न लिएर सुपरीवेक्षक घरदैलो गरेका थिए। सुपरिवेक्षकको सूचीकरण पछ्याउँदै गणकहरू दोस्रो चरणमा जनगणनाका लागि घरघरमा पुगेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.