जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

डडेलधुरा : जन्ती बोकेको जिप आइतबार राति बैतडीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। म.१ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

खड्काका अनुसार जिपमा सवार सात जनामध्ये पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो। दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको खड्काले बताए।

दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेलधुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।

आइतबार राति साढे ८ बजे जिप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन। जिप सडकबाट ७ सय मिटर तल खसेको जनाइएको छ। उक्त जिप दशरथचन्द–२ को थलाल गाउँबाट जन्ती बोकेर दशरथचन्द–६ को सिमायलतर्फ जाँदै थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.