ग्रामीण भेगका डिपोमा खाद्यन्न मौज्दात शुन्य
मुगु : खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड अन्तरगतका डिपो तथा बिक्री केन्द्रमा खाद्यन्न मौज्जाद शुन्य हुँदा सहुलिएतको खाद्यन्न पाउनबाट सर्वसाधरण वञ्चित भएका छन् । उनीहरु व्यापारीबाट महङ्गोमा किनेर खान बाध्य भएका छन्।
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखा अन्तरगत चार डिपो र दुई बिक्री केन्द्र छन्। यो आर्थिक वर्षमा यी डिपो तथा बिक्री केन्द्रका लागि स्विकृत खाद्यन्न कोटा ढुवानीको जिम्मा लिएका ठेकेदारले ढुवानी नगर्दा सहुलिएतको खाद्यन्न पाउनबाट सर्वसाधरण वञ्चित भएका हुन्।
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड सोरुकोट डिपोका लागि १ हजार पाँच सय शाखा कार्यालय गमगढीबाट १ हजार क्विन्टल खाद्यन्न निर्धारण गरिएको छ। श्रोकोट डिपोका लागि सुर्खेतबाट १ हजार ५ सय क्विन्टल स्विकृत भएको र रातापानी बिक्री केन्द्रका लागि ८ सय ५० क्विन्टल छुटयाएको छ। यी तीन स्थानको ढुवानीको जिम्मा निमार्ण सेवाले पाएको भए पनि हालसम्म ढुवानी भएको छैन।
पुलु डिपोका लागि सुर्खेतबाट १ हजार र शाखा कार्यालय गमगढीबाट ७ सय ५० क्विन्टल ढुवानीको जिम्मा ऋणमोक्ष वर्कसप्लार्यसले र कालै बिक्री केन्द्रका लागि २ हजार क्विन्टलको ढुवानीको जिम्मा हिमाल निमार्ण सेवाले पाएको भए पनि ढुवानीको जिम्मा लिएका ठेकेदारले हालसम्म पनि ढुवानी नगर्दा सर्वसाधरणले सहुलिएतको खाद्यन्न नपाएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुस्कर भामले बताए।
यो आर्थिक वर्षमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाको लागि ११ हजार क्विन्टल स्विकृत भएको थियो। ११ हजार मध्ये ९ क्विन्टल राजापुर, नेपालगंज, र सुर्खेतबाट शाखा कार्यालय गमगढीसम्म ढुवानीको जिम्मा खड्का निमार्ण सेवा जुम्लाले पाएको छ। २ धनगढीबाट २ हजार क्विन्टल बराल निमार्ण सेवाले जिम्मा लिएको छ। शाखा कार्यालय गमगढीसम्म ढुवानीको जिम्मा लिएका दुई ठेकेदारमध्ये खड्का निमार्ण सेवाले हजार क्विन्टल मात्र ढुवानी गरेको छ।
हाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाको गोदाममा ३ सय क्विन्टल मात्र मौज्जाद रहेको छ। यो खाद्यन्न ३ देखि ५ दिन भित्र बिक्री भइ गोदाममा मौज्जाद शुन्य हुने अवस्था छ।
डिपो तथा बिक्री केन्द्रमा प्रति ३० केजी जिरा मसिनाका १ हजार ६ सय ७५ मध्ये ३० केजी बोराको १ हजार ६५ मा सर्वसाधरणलाई बिक्री गर्ने खाद्यन्न डिपो तथा बिक्री केन्द्रमा नहुँदा ती स्थानका व्यापारीबाट प्रति २५ केजी जिरा मसिनाको २ हजारदेखि २ हजार २ सय खाद्यन्नको १ हजार ७ सयदेखि १ हजार ८ सयसम्म मुल्य हालेर सर्वसाधरणले उपभोग गर्नु परेको सोरु गाँउपालिका—९ का बाँचे बिकले बताए।
ज्याला मजदुरी गरेर जम्मा गरेको रकमले सहुलिएतको खाद्यन्न डिपोबाट नपाएपछि ४ सयदेखि ५ सयसम्म महङ्गोमा तिरेर व्यापारीबाट किनेर खानु पर्ने बाध्यता रहेको छ। यो वर्ष भारी वर्षाका कारण अन्नबालीमा राम्रो उत्पादन नभएकाले खाद्य संस्थानकै भरमा स्थानीय भए पनि अहिले डिपो बन्द छन्। महङ्गोमा खाद्यन्न किन्न सर्वसाधरण बाध्य रहेको मुगुम कार्मारोङ गाँउपालिका—५ का सोनाम लामा बताउँछन्।
यो वर्ष भारी वर्षाले जिल्लाभरका किसानले आफ्नो खेतबारीमा लगाएको अन्नको उत्पादन अगिल्ला वर्षभन्दा राम्रो छैन। फेरी हिउँद सुरु भइसकेको छ। हिमपात सुरु भएपछि ढुवानीमा समस्या हुन्छ। अहिले हिमपात नहुँदै खाद्यन्न ढुवानी भए सर्वसाधरणलाई बिक्री गर्न सहज हुने ढुवानीको जिम्मा लिएका ठेकेदारलाई हिमपात नहुँदै ढुवानी गर्न ताकेता गरेको भए पनि उनीहरु असार अन्तिमसम्म आफ्नो ढुवानी गर्ने जिम्मा भएकाले ढुवानी गर्न हतार नगर्ने भनेर जवाफ फर्काउने गरेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख भामले बताए।
प्रतिक्रिया दिनुहोस !