गुलाव खातुनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

गुलाव खातुनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

महोत्तरी : बर्दिबास–१४ स्थित शुभम्बस्तीकी ६ वर्षीया बालिका गुलाव खातुनको हत्या भएको एक वर्ष पूरा भएको छ। उनको स्मृतिमा आज साँझ श्रद्धाञ्जली कार्यक्रम गरेका छन्। बलात्कारपछि निर्ममतापूर्वक हत्या भएकी बालिका खातुन र प्रहरीको गोली लागी ज्यान गुमाएका सञ्जय न्यौपानेको आत्माको चिरशान्तीको कामना गर्दै स्थानीय युवाले दिपप्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्।

१ वर्ष बितिसक्दा पनि बर्दिबासका स्थानीयमा डर अझै कायम नै छ। गुलाव खातुनको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरेको प्रमाणित भएपछि बर्दिबास क्रमिक रुपमा रणभूमि बन्दै गएको थियो।

बर्दिबासमा किराना पसल सञ्चालन गर्दै आएका गौशाला नगरपालिकाका अरुण साहले बालिका खातुनलाई अपहरण गरी बलात्कारपछि हत्या गरेको आजकै दिन स्वीकार गरेका थिए।

हत्याको विरोधमा भएको प्रर्दशनको क्रममा प्रहरीले चलाएको गोली लागी स्थानीय सञ्जय नामले चिनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो। त्यसपछि बर्दिबासमा लगातार ३ दिनसम्म तनावग्रस्त अवस्था रहेको थियो।

के भएको थियो ?

चकलेट किन्न अरुण साहको घर गएको बेलामा गुलाव खातुन एक्कासी हराइन्। उनका बुवा सहिद आलमले सधैंजसो चकलेट किनेर छोरी फर्कने आशामा थिए। छोरी दिनभर हराएपछि आलमले इलाका प्रहरी कार्यालय बर्दिबासमा छोरी खोजिदिन आग्रह गरे। प्रहरीले खोजी कार्यलाई तीव्र बनायो तर कुनै पनि प्रमाण भेटेन।

गतवर्ष आजैका दिन अर्थात ९ गते मंसिरमा राती झिसमिसेमा नै खातुनको शव बोरामा खादेको अवस्थामा अरुण साहको घर नजिकै भेटियो। ३ दिनदेखि बर्दिबासमा हराइरहेकी बालिकाको शव नै भेटिएपछि स्थानीय आक्रामक बने र अरुण साहलाई नै शंका गर्दै बिहानै साहको घर पूर्णरुपमा जलाइदिए।

प्रहरीले साहलाई तत्काल नियन्त्रणमा लिएर प्रारम्भिक बयान लिने क्रममा आफूले नै बलत्कारपछि हत्या गरेको स्विकार गरेका थिए। अरुण साहलाई बचाउन प्रहरीको समेत मिलोमतो भएको बताउँदै स्थानीयले चोक–चोकमा गएर प्रहरी बिटहरुमा आगो लगाउन थाले।

तनावग्रस्त भीडलाई तितरबितर बनाउन प्रहरिले दिनभर असुल ग्यास छाड्यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलायो। गोली लागेर ५ जना घाइते भए भने १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो।

खातुनको हत्यारालाई सार्वजनिक ठाउँमा फाँसी दिनुपर्ने अडान राख्दै स्थानीयले शव मुख्य सडकमा राखेर प्रदर्शन गरेका थिए भने देशैभरिबाट आएका सामाजिक अभियन्ता, मानवअधिकारकर्मीले समेत स्थानीयको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.