तीनवर्षदेखि बाबुबाटै पटक–पटक बलात्कृत

तीनवर्षदेखि बाबुबाटै पटक–पटक बलात्कृत

दैलेख : आमा माइती घरमा गएकी थिइन्। घरमा भाइबहिनी र बुबा थिए। मध्यराती भाइबहिनीसँग सुतिरहेको बेलामा बाबु एक्कासी कोठाभित्र पसे। उनका शरीर सुम्सुम्याउन थाले। उनले आफूमाथि के हुँदै थियो भन्ने मेसो पनि पाइनन्। 

बुबालाई यो के गर्नु भएको भन्दा ‘चुप लाग भाइबहिनीले थाहा पाउँछन् भन्दै थर्काउन थाले।’ उनले नाइँ भनिन्। चिच्याउन खोजिन् तर, बाबुले मुख थुनिदिए। त्यसपछि बेहोसझैं भइन्। होसमा आउँदा लगाएका कपडा आफ्नो शरीरमा थिएनन्।

यो घटना तीन वर्षअघिको हो। उनी त्यसबेला कक्षा ९ मा पढ्थिन्। यसबारे उनले कसैलाई भन्न सकिनन्। यो क्रम त्यतिमै सीमित रहेन। पटक–पटक दोहोरियो। उक्त घटनापछि उनी बिरामी परिन्। काप्ने, चिच्याउने, बर्बराउँदै बेहोस् हुन थालिन्। उनका बुबाले त्यसैले फाइदा उठाउँदै गए। आमा र भाइबहिनी घरमा नभएको बेला उनी बाबुबाटै बलात्कारको सिकार बनिरहिन्। 

आफैँले जन्माएको छोरी आफ्नै पतिबाट बलात्कृत हुँदै आएको उनकी आमालाई पनि थाहा थियो। तर, समाजमा बेइज्जत हुने डरले उनकी आमाले पनि मुख खोल्न सकिनन्। उनी हाल कक्षा १२ मा अध्ययनरत छिन्।  दैलेखकी १७ बर्षीया बालिका तीनवर्षदेखि ३६ वर्षीय आफ्नै बुबाबाट बलात्कृत हुँदै आएको खुलेको छ।

बाबुबाटै निरन्तर बलात्कृत हुँदै आएकी ती बालिका बाबुले दिएको पीडा सहन नसकेर गत भदौ अन्तिम साता घरबाट भागिन्। घरबाट भागेर उनले दैलेखकै एक होटलमा काम गर्न थालिन्। त्यहाँ उनले महिनादिनसम्म काम गरिन्। त्यसपपछि उनी सुर्खेतस्थित आफन्तको शरणमा पुगेकी थिइन्। उक्त घटनाबारे अधिकारकर्मीसम्म आइपुगेपछि उनलाई सुर्खेतबाट उद्धार गरी दैलेख ल्याइएको छ। बालिकालाई उद्धार गरेपछि प्रहरीले कानूनी प्रक्रिया अघि बढाएको छ। 

प्रहरीले आफ्नै छोरीमाथि तीनवर्षदेखि पटक–पटक बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार पीडित बालिकाको आमाले छोरी बलात्कार गर्ने पतिविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले ती पुरुषले आफ्नै छोरीलाई डरत्रास र विभिन्न प्रलोभन देखाइ विगत तीन वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ। पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको डीएसपी शाहले बताए। यता जिल्लास्थित अधिकारकर्मीले आफ्नै छोरीमाथि तीनवर्षदेखि बलात्कार गर्ने बाबुलाई हदैसम्मको कानूनी कारबाहीको माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.