नेपाली कांग्रेस पाल्पाको जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ

नेपाली कांग्रेस पाल्पाको जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ

तानसेन : नेपाली कांग्रेस पाल्पाको १४ औं जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ अत्याधिक मतसहित विजयी भएका छन्। विजयी भएका जिल्ला सभापति श्रेष्ठले ८९० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कृष्णप्रसाद बस्यालले ३८१ मत प्राप्त गरी पराजित भए। 

यसै गरी सम्पूण पदाधिकारी तथा जिल्ला सदस्यमा पनि श्रेष्ठकै समुह विजयी भयो। उपसभापतिमा ज्ञानबहादुर गाहा ७७३, झपेन्द्रप्रसाद गैरे ७५४ मत ल्याइ विजयी भए भने प्रतिद्वन्द्वी बस्याल समुहका माधवप्रसाद नेपालले ५४३ र शंकर खनालले ३६४ मत ल्याइ पराजित भए। 

यसैगरी सचिवमा श्रेष्ठ समुहकै सन्तोषकुमार थापाले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याइ विजयी भए भने, प्रतिद्वन्द्वी बस्याल समुहकै रमा पन्तले ४५५ र हुमनाथ न्यौपानेले ३८२ मत प्राप्त गरी पराजित भए। यसैगरी सहसचिवमा श्रेष्ठ समुहबाट विष्णुकुमार थापा ७४३, हुमिद मियाँले ६४१ मत ल्याइ विजयी भए भने बस्याल समुहका खुमप्रसाद पोखरेल ३१३ र हरिबहादुर कार्की, २३१, स्वतन्त्ररुपमा भला विक्रम सिंहको ७९ र राजु पंगेनी २९१ मत प्राप्त गरे। 

यसैगरी खुला सदस्यमा खस आर्यमा २ पदको लागि श्रेष्ठ समुहकै लक्ष्मणबहादुर रायमाझी ७४२, सुर्यप्रसाद पोखरेल ७१८ ल्याइ विजयी भए भने बस्यालकृष्णप्रसाद भट्टराई ३४०, विष्णुप्रसाद भण्डारी १९७, रामचन्द्र कोइराला २५४ मत ल्याइ पराजित भए। २ पदको लागि खस आर्य महिलामा गीता खनाल र गीता गौतम निर्विरोध निर्वाचित भएका छन्। 

आदिवासी जनजाति खुलामा ५ पदको लागि अमिरबहादुर रानाले ९७८, कमल रानाले ९९४ गणेशप्रसाद श्रेष्ठ ८४६, युवराज चिदीले ८८६, राजकुमार श्रेष्ठले ८५१ मत ल्याइ विजयी भए भने चेतबहादुर थापाले ५७१ मत ल्याइ पराजित भए। आदिवासी जनजाति महिलातर्फ ४ पदको लागि इन्दिरा राना, काजल सारु, मिनाकुमारी श्रेष्ठ र सन्ध्या बज्राचार्य निर्विरोध निर्वाचित भएका छन्। दलित १ जना महिला र एकजना पुरुष गरी २ पदको लागि पुरुषमा अरुणकुमार रसाइली र टेकबहादुर वि.क. ले  ७६९ मत ल्याइ विजयी भए भने अरुणकुमार रसाइली ३८२ मत ल्याइ पराजित भए, महिलामा तारा रसाइली निर्विरोध निर्वाचित भएकी छन्। अल्प संख्यकमा जगन्नाथ कँडेल निर्विरोध निर्वाचित भएका छन्।
     
जिल्लाका १० पालिकाबाट १२ पदको पुरुष सदस्यको लागि रम्भा, बगनासकाली र तानसेनमा निर्वाचन भएको छ। तानसेन नगरपालिकामा दुई पदको लागि पुरुषोत्तम अर्याल १४६, मोहनप्रसाद श्रेष्ठ १७५ मत ल्याइ विजयी भए भने  सुन्दर श्रेष्ठले ६० मत ल्याइ पराजित भए।  बगनासकालीमा मुक्तिराम बस्यालले ६८ मत ल्याइ विजयी भए भने प्रकाशकुमार नेपाल ६० मत ल्याइ पराजित भए।  रम्भामा सुवि विश्वकर्मा ४९ मत ल्याएर विजयी भए भने धातानन्द बस्यालले ३८ मत ल्याइ पराजित भए। रामपुरमा बुद्धिप्रकाश रेग्मी, हिमाल श्रेष्ठ, पूर्वखोलाबाट इन्द्रनारायण श्रेष्ठ, माँथागढीबाट बालकृष्ण जि.सी., तिनाउँबाट विष्णुप्रसाद पाण्डे, रिव्दिकोटबाट माधव थापा, रैनादेवीछहराबाट दानबहादुर पौडेल र निस्दीबाट टेकबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। 

जिल्लाका पालिका अन्तरगत १० महिला पदको लागि तानसेनमा गीता भट्टराईले ११८ मत ल्याइ विजयी भइन् भने सिता बस्नेतले ७४ मत ल्याइ पराजित भइन्।  बगनासकालीमा इन्दिरा भट्टराई ६५ मत ल्याइ विजयी भइन् भने रञ्जनाकुमारी अर्याल ६१ मत ल्याइ पराजित भइन्। जिल्ला कमिटी महिला सदस्यमा निर्विरोध चयन हुनेमा रम्भाबाट डिलाकुमारी रानाभाट, पूर्वखोलाबाट जयसरा बारहघरे, रामपुरबाट सावित्रा गौतम, निस्दीबाट सरस्वतीदेवी आचार्य, तिनाउँबाट कमला कार्की, रिव्दिकोटबाट गिरिजा गैरे र रैनादेवी छहराबाट निर्मला पौडेल रहेका छन्। यसैगरी जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधीमा हेमराज गैरे र प्रदेश महाधिवेशन प्रतिनिधिमा सिता पंगेनी निर्विरोध चयन भएका छन्। 

टोल, वडा र पालिकासम्म सहमतिबाट नेतृत्व चयन गरेको नेपाली कांग्रेस पाल्पाले प्रदेश र क्षेत्रगत निर्वाचनमा देउवा र पौडेल समुहले प्यानल बनाएर निर्वाचनमा लडेका थिए। निर्वाचित सभापति श्रेष्ठ र पराजित सभापतिका उमेद्वार बस्याल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल समुहबाट निर्वाचित भएका हुन्। निर्वाचित सभापति श्रेष्ठलाई वर्तमान जिल्ला सभापति वीरबहादुर रानाको समर्थन रहेको थियो भने, बस्याललाई पूर्व जिल्ला सभापति राजन पन्त र केन्द्रीय सदस्य हरिप्रसाद नेपालको समर्थन रहेको थियो। निर्वाचित सभापति श्रेष्ठ यसअघि केन्द्रीय महासमिति सदस्य, नेपाल विधार्थी संघको केन्द्रीय सदस्य, त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाको स्ववियु सभापति भइ राजनितिक समाजिक क्षेत्रमा काम गर्दै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.