ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी पक्राउ
काठमाडौं: ललिता निवास जग्गा प्रकरणमा संलग्न रामकुमार सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)का व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले सुबेदीलाई पक्राउ गरिएको पुष्टि गरे।
सुवेदीलाई मंगलबार बेलुकी पक्राउ गरीएको बताए। उनकी श्रीमती माधवी सुवेदीलाई पनि प्रहरीले पक्राउ गरेको छ। रामकुमारलाई कमलादी र माधवीलाई ताहचलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सुवेदी दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौं लगिएको छ।