दुधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुईजना इन्जिनियरको मृत्यु

दुधकोशी हाइड्रोपावरमा पाइप पड्कियो,  दुईजना इन्जिनियरको मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुको पञ्चनस्थित ८६ मेगावाटको सोलुखोला दुधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुईजनाको ज्यान गएको छ । आइतबार दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएर दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ। अर्का एकजना भने घाइते भएका छन्।

ज्यान गुमाउनेहरुमा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ । मृतक दुवैजना इन्जिनियर हुन्।  थुलुङ दुधकोशी गाउँपालिका ३ मा भएको उक्त घटनामा ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाडौं लैजान नसकेपछि ओखलढुङ्गाको मिसन अस्पतालमा लगिएको थियो । अस्पताल लैजादै गर्दा उनीहरुको बाटोमै ज्यान गएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

घटनामा सिराहा औरही गाउँपालिका २ का २९ वर्षीय महमद जाबेतर राइन घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए। हेलिकोप्टरमार्फत काठमाडौं लगिएका घाइते राइनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको शव अहिले मिसन अस्पताल ओखलढुंगामा नै राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.